नेपालका ६ वटा महानगरपालिकामा १७ प्रतिशत शहरोन्मुख क्षेत्र छ भने २.३ प्रतिशत ग्रामीण विशेषताको र ८०.७ प्रतिशत शहरी क्षेत्र रहेको छ ।
काठमाडौं । नेपालमा शहरी जनसंख्या ह्वात्तै बढ्दै गइरहेको र ग्रामीण जनसंख्या घट्दै गइरहेको दखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनले जनगणना २०६८ मा २२.३१ प्रतिशत रहेको शहरी जनसंख्या जनगणता २०७८ सम्म आइपुग्दा बढेर २७.०७ प्रतिशत पुगेको छ ।
यस्तै, शहरोन्मुख जनसंख्या १० वर्षमा ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको तथ्यांक कार्यालयले जनाएको छ ।
पछिल्लो १० वर्षमा ग्रामी क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको देखिन्छ । विशेषताका आधारमा शहरोन्मुख क्षेत्र भएपनि ‘शहरी’ क्षेत्र मानिएको स्थानमा अझै पनि ठूलो जनसंख्या रहेको प्रतिवेदनले देखाउँछ ।
ग्रामीण जनसंख्या अझै पनि एक तिहाइ छ । जबकी, प्रवत्तिका आधारमा ग्रामीण क्षेत्रबाट शहरोन्मुख र शहरी क्षेत्रमा बसाइँसराइले जनसंख्यालाई शहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ ।
ग्रामीण जनसंख्या पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत रहेको छ, अर्थात् ग्रामीण जनसंख्या पहाड र हिमालमा बढी देखिन्छ । शहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८५ प्रतिशत रहेको छ । यस्तै, पोखरा महानगरपालिका र काठमाडौं उपत्यकाका कारण शहरी जनसंख्या पहाडमा ५३ प्रतिशत र तराइमा ३९ प्रतिशत देखिएको छ ।
नेपालका ६ वटा महानगरपालिकामा १७ प्रतिशत शहरोन्मुख क्षेत्र छ भने २.३ प्रतिशत ग्रामीण विशेषताको र ८०.७ प्रतिशत शहरी क्षेत्र रहेको छ ।