किन घट्दैछ काठमाडौंमा घर निर्माण ?

आव ०७५/७६ मा काठमाडौं महानगरबाट १० हजार २९४ घरले नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र पाएका थिए । तर, गएको वर्ष ५ हजार ११५ घरले मात्रै नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र पाएका छन् ।

367B408218B985F-icon.png
3241views
FF3C1A1E7990BCF-a2d1b941-b589-40ac-9fa1-9a64e71f7980.jpeg

काठमाडौं । ७७ जिल्लाकै मान्छेहरुले स्थाई बसोबास गर्न खोज्‍ने काठमाडौंमा पछिल्ला वर्षहरुमा नयाँ घर निर्माण घट्दै गइरहेका छन् । 

काठमाडौं महानगर क्षेत्रभित्र घर/भवन निर्माणका लागि नक्सा पास गर्ने र निर्माण सम्पन्‍नताको प्रमाणपत्र लिनेहरुको पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा नयाँ घर निर्माण आधाभन्दा बढीले घटेको देखिएको हो ।

आर्थिक वर्ष ०७५/७६ मा काठमाडौं महानगरपालिकाले एकै वर्षमा १० हजार २९४ घर, भवन, टहरालगायतको नक्सा पास र निर्माण सम्पन्‍नताको प्रमाणपत्र दिएको थियो । तर, गएको आर्थिक वर्ष ०७९/८० मा ५ हजार ११५ घरले मात्रै नक्सा पास र निर्माण सम्पन्‍नताको प्रमाणपत्र पाएका छन् । 

यो संख्या चालू आवमा अझै घट्ने सम्भवना देखिएको छ । चालू आवको ८ महिना २१ दिनसम्म (२१ चैतसम्म) महानगरपालिकाले जम्मा २७ सय ५६ घरको नक्सा पास र निर्माण सम्पन्ताको प्रमाणपत्र प्रदान गरेको छ । यस्तै गति कायम रहे चालू आवमा चार हजार पनि नपुग्‍ने देखिन्छ ।

नक्सापास घटेपछि महानगरले नक्सापास दस्तुरवापत प्राप्त गर्ने राजश्‍व पनि ३५.२४ प्रतिशतले घटेको छ । गत आवको फागुन मसान्तसम्म नक्सापास दस्तुरवापत ६५ करोड ८६ लाख रुपैयाँ राजश्‍व उठेको चालू आवको सोही अवधिमा जम्मा ४२ करोड ६५ लाख रुपैयाँमात्र उठेको छ । यो वर्ष नक्सा पास दस्तुर २३ करोड २१ लाख रुपैयाँ कम उठेको महानगरले जनाएको छ ।

आव ०७५/७६ मा काठमाडौं महानगरले सर्वाधिक नक्सा पास र निर्माण सम्पन्‍नताको प्रमाणपत्र प्रदान गरेको देखिन्छ । त्यसयता त्यो संख्या निरन्तर घटिरहेको छ । आव ०७६/७७ मा ६ हजार ९७४ घरले नक्सा पास र निर्माण सम्पन्‍नताको प्रमाणपत्र लिएकोमा आव ०७७/७८ मा तीन हजार ८९० घरले नक्सा पास र निर्माण सम्पन्‍नताको प्रमाणपत्र लिएका थिए ।

पछिल्ला दुई आर्थिक वर्षमा फेरी नक्सा पास र निर्माण सम्पन्‍नताको प्रमाणपत्र लिनेको संख्या क्रमशः बढ्दै गएको देखिन्छ । आव ०७८-७९ मा चार हजार ९९ र आव ०७९-८० मा ५ हजार ११५ घरधनीले नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र लिएका थिए । 

अघिल्लो आव ०७८/७९ को तुलनामा गत आव ०७९/८० मा नक्सा पासको संख्या बढेपछि राजश्‍व पनि बढेको देखिन्छ । अघिल्लो आवमा ६७ करोड ५४ लाख रुपैयाँ नक्सा पास दस्तुर उठेकोमा गत आवमा बढेर एक अर्ब एक करोड २३ लाख रुपैयाँ उठेको महानगरले जनाएको छ । 

तर, चालू आवमा फेरी घट्न थालेको छ । अझै पनि निजी निर्माण क्षेत्र सुस्त रहेको महानगरपालिकाको नक्सा पास, निर्माण सम्पन्नताको प्रमाणपत्र र राजश्व संकलनको आँकडाले देखाउँछ । सामन्यतयाः कार्तिकपछि निर्माणको सिजन सुरु हुने भएता पनि नक्सा पासको संख्या नबढेको काठमाडौं महानगरले जनाएको छ ।

अहिले व्यक्तिगत घर, हाउजिङ, अपार्टमेन्ट, कमर्सियल भवन निर्माणसम्म सुस्त छ । निर्माण क्षेत्र लयमा फर्किन नसक्दा सिमेन्ट, डन्डी, इँटा, गिँटी, बालुवा, पाइप्स एन्ड फिटिङ, काष्ठ उद्योग, आल्मुनियम उद्योगहरु संकटमा छन् । सिमेन्ट र डन्डी उद्योग आधा क्षमतामा पनि सञ्‍चालन हुन नसकेको बताइन्छ ।

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

208BB200B496595-village_prakriti_tori_hariyali_plot-3.jpg

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

7F45A1FB13B2EEE-F4AF1FAEB133DEC-7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?