कस्तो हुन्छ धनाढ्य बस्‍ने महंगो पेन्टहाउस ? नेपालमा कति पर्छ मूल्य ?

काठमाडौं । ठूला शहरका भब्य अपार्टमेन्टको सवैभन्दा माथिल्लो तलामा बनाइएका आलिसान ‘पेन्टहाउस’ मा बस्‍नु धेरैजसो धनाढ्यका लागि सम्बृद्धिको सूचक हो । 

किनकी पेन्टहाउसमा जेजस्ता सुविधा हुन्छन र जति ठूलो स्पेश हुन्छ, त्यस्तो भब्यता कुनै पाँचतारे होटलको प्रेसिडेण्सियल स्वीटमा पनि पाउन गाह्रो हुन्छ । 

पेन्टहाउस भनेको आलीसान स्वतन्त्र सुरक्षित र गोपनियताको प्रत्याभूति भएको आवासको प्रकार हो । पेन्टहाउमा निजी स्वीमिङ पुल, आकर्षक फर्निचर, जिम हल लगायतका सुविधा हुन्छन् । गगनचुम्बी अपार्टमेन्ट भवनको माथिल्लो तल्लामा अवस्थित हुने भएकोले शहरको राम्रो दृश्य देख्‍न सकिन्छ ।

सुविधायुक्त जिवनयापन चाहने धनाढ्यहरुले आजकल पेन्टहाउस रोज्‍न थालेका छन् । अपार्टमेन्ट भवनको टप फ्लोरमा रहेको स्पेशलाई आवास विकाशकर्ताहरुले पेन्टहाउसमा परिणत गर्ने क्रम नेपालमा पनि बढ्दो छ । 

सामान्यतयाः यस्ता पेन्टहाउस औसत अपार्टमेन्टभन्दा तीन–चार गुणा ठूलो साइजका हुन्छन । पेन्टहाउसमा अत्याधुनिक सुविधाहरु हुन्छन जसले गर्दा यस्ता युनिटलाई लक्जरियस बनाउँछ । 

अपार्टमेन्ट विकाशकर्ताहरुले आफ्नो भवनलाई मूल्यवान बनाउन पेन्टहाउसहरु निर्माण गरेका हुन्छन । अपार्टमेन्टको सवैभन्दा टप फ्लोरमा रहेको स्पेशलाई अत्याधुनिक डिजाइन र ठूलो क्षेत्रफलसहित निर्माण गरी पेन्टहाउस बनाइन्छ । 

विकाशकर्ताहरुले यस्ता स्पेश धनाढ्य ग्राहकलाई बेच्छन जहाँ ग्राहकले आफ्नो इच्छाअनुसार आवास डिजाइन गर्न सक्छन । ठूलो स्पेश, उत्कृष्ट डिजाइन, अत्याधुनिक सुविधाको संयोजनले पेन्टहाउसलाई लक्जरीयस बनाइदिन्छ । 

सामान्यतयाः पेन्टहाउसहरु ४ हजार बर्गफिटभन्दा ठूला र ४ देखि ६ वटा बेडरुमसहितका हुन्छन । 

पेन्टहाउसको किन्‍नुको फाइदा तथा बेफाइदाहरु

पेन्टहाउस नयाँ किसिमको आवास संरचना हो । त्यसैले यसका केही फाइदा तथा बेफाइदाहरु छन् 

फाइदाहरु–

पेन्टहाउसका बेफाइदाः

तपाई नयाँ अवधारणा र विलासीयुक्त पेन्टहाउसमा लगानी गर्न चाहनुहुन्छ र तपाईको बजेटले धान्छ भने तपाईले पेन्टहाउस लिन सक्नुहुन्छ । पेन्टहाउस महँगो हुने भएकाले तपाईले बेच्न चाहेको बेलामा खरिदकर्ता नभेट्न सक्नुहुन्छ । 

त्यसैले तपाईले आफ्नै प्रयोगको लागि हो भने पेन्टहाउस ठिक हुन्छ । दिर्घकालीन लगानी गर्नुभयो भने यसले राम्रै प्रतिफल दिन्छ ।

काठमाडौंमा पेन्टहाउसको मूल्य

नेपालमा पेन्टहाउस अपार्टमेन्ट अनुसार फरक फरक रहेका छन् । केटिएम रियल्टर्सका को–फाउन्डर सुगौरव कोइरालाका अनुसार, पेन्ट हाउसको साइज ५ हजार स्क्‍वायर फिटदेखि १० हजार स्क्‍वायर फिटसम्म हुन्छ । पेन्ट हाउस अपार्टमेन्टको टपमा मात्र हुँदैन्, यो उत्तिकै फराकिलो पनि हुन्छ ।

अपार्टमेन्टको टपमा हुनुका साथै विशेष सुविधाहरु र फराकिलो हुने भएकोले पेन्ट हाउसको मूल्य अलि चर्को नै हुने गर्छ । अपार्टमेन्ट अनुसार पेन्ट हाउसको मूल्य पनि फरक फरक हुने गर्छ । नेपालमा पेन्ट हाउसको मूल्य ५ करोडदेखि सुरु हुने अपार्टमेन्ट डेभलपर बताउँछन् । 

यदि तपाईं सेन्ट्रल पार्कको पेन्ट हाउसमा बस्‍न चाहानुभयो भने ६ देखि ७ करोडसम्म लगानी गर्नुपर्ने हुन्छ ।

अपार्टमेन्ट अनुसार पेन्टहाउसमा उपलब्ध सुविधाहरु पनि फरक फरक हुने गर्छन् । प्रिमियम खालका अपार्टमेन्टमा प्रिमियम पेन्टहाउस हुन्छन् । खासगरी, पेन्टहाउसबाट सिटी भ्यू राम्रो देखिन्छ । ठूलो क्षेत्रफल हुने भएकोले जोइन्ट फेमिली पनि बस्‍न सकिन्छ । 

कुनै कुनै पेन्ट हाउसमा निजी स्वीमिङ पुल, थियटर, जीम लगायत सुविधाहरु पनि हुने गर्छन् । डेभलपरका अनुसार पेन्ट हाउसमा बस्दा सुरक्षा गोपनियता र स्वतन्त्रता हुन्छ । कतिपय पेन्टहाउस डुप्लेक्स पनि हुने गर्छन् । 

Tue Sep 07 2021 10:35:26 GMT+0545 (Nepal Time)