जय भद्रकाली डेभलपर्सले पोखरामा एक अर्ब ४७ करोड लगानीमा अपार्टमेन्ट बनाउँदै

पर्यटकीय नगरी पोखरामा धमाधम हाईराइज अपार्टमेन्ट परियोजना निर्माण भइरहेका छन् । यही क्रममा जय भद्रकाली डेभलोपर्स प्रालि पोखरा महानगरपालिका–१८ मा सुविधा सम्पन्‍न अपार्टमेन्ट परियोजना निर्माण गर्दैछ ।

निर्माण कम्पनीले हाईराइज अपार्टमेन्ट निर्माण गर्नका लागि उद्योग विभागमा कम्पनी दर्ता समेत गरिसकेको छ ।

आवासिय अपार्टमेन्टमा एक अर्ब ५७ करोड ४४ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ, जसमध्ये एक अर्ब ५५ करोड ७३ लाख चुक्ता पुँजी र एक करोड ७० लाख रुपैयाँ चालु पुँजी हुनेछ ।

सो अपार्टमेन्ट दुई लाख ६७ हजार ९६४ स्क्‍वायर फिटको हुने उद्योग विभागले जनाएको छ । अपार्टमेन्टमा शत्प्रतिशत लगानी नेपालीको हुने र १८ जनाले रोजगारी पाउने बताइएको छ ।

पछिल्लो समय पोखरामा अन्‍नपूर्ण अपार्टमेन्ट, सुनगाभा अपार्टमेन्ट, लभ्ली हिलस रेसिडेन्सी, पोखरा रेसिडेन्सी लगायत आधा दर्जन हाराहारी हाइराइज अपार्टमेन्ट निर्माण भइरहेका छन् । 


 

Mon Jan 10 2022 16:38:28 GMT+0545 (Nepal Time)