मालपोतमा सेवा प्रवाह बढे पनि घट्यो राजश्‍व, सवा ४ अर्ब असुली

काठमाडौं । जेठ महिनामा घरजग्गा किनबेच र सेवा प्रवाह बढेपनि जेठ महिनामा मालपोत राजश्‍व घटेको छ । 

जेठमा घरजग्गा किनबेच लगायत विभिन्‍न प्रकारको सेवा प्रवाहबाट देशभरी ४ अर्ब २४ करोड ५९ लाख रुपैयाँ राजश्‍व संकलन भएको छ । जबकी, वैशाखमा ४ अर्ब ७८ करोड रुपैयाँ राजश्‍व संकलन भएको थियो ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार, जेठमा देशभरी ५४ हजार ५१४ घरजग्गा किनबेच र एक लाख २३ हजार ६५२ सेवा प्रवाह भएका छन् । वैशाखमा ४४ हजार ८०३ घरजग्गा कनिबेच र ९८ हजार ९७४ सेवा प्रवाह भएको थियो ।

जेठमा संकलन भएको कल राजश्‍वमध्ये रजिष्ट्रेसन दस्तुरवापत दुई अर्ब ५९ करोड ६७ लाख रुपैयाँ र पुँजीगत लाभक वापत ९३ करोड २५ लाख रुपैयाँ असुली भएको छ । यस्तै, सेवा शुल्कवापत १७ करोड ८२ लाख रुपैयाँ संकलन भएको छ ।

काठमाडौं उपत्यकामा रहेका ९ वटा मालपोत कार्यालयबाट मात्रै एक अर्ब ५८ करोड रुपैयाँ राजश्‍व संकलन भएको देखिन्छ । घरजग्गा किनबेचमा तराईका जिल्ला अग्रणी भएपनि राजश्व संकलनमा भने उपत्यका र पोखरा मालपोत कार्यालय अगाडि छन् । 

Wed Jun 15 2022 12:16:28 GMT+0545 (Nepal Time)