बैंकले बढाए कर्जाको ब्याजदर, कुनको कति पुग्यो ? (सूचिसहित)

काठमाडौं । बाणिज्य बैंकहरुले मुद्दती निक्षेप र बचतमा ब्याजदर वृद्धि नगरे पनि कर्जाको ब्याजदर भने बढाएका छन् । कार्तिकमा बैंकबाट कर्जा लिने ऋणीहरुले अधिकतम १८.२८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ ।

अहिले वाणिज्य बैंकहरुको औषत बेसरेट ९.९२ रहेको छ । १० वटा वाणिज्य बैंकको बेस रेट १० प्रतिशतभन्दा कम रहेको उनीहरुले प्रकाशित गरेको नयाँ ब्याजदरको सूचिले देखाएको छ । 

सबैभन्दा कम ब्याजदर राष्ट्रिय वाणिज्य बैंकले अधिकतम १२.८८६ प्रतिशतसम्म तोकेको छ । राष्ट्रिय वाणिज्य बैंकले बेसरेट ७.८६ प्रतिशतमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिन पाउँछ ।

सबैभन्दा बढी ब्याजदर बैंक अफ काठमाडौंले अधिकतम १८.२८ प्रतिशतसम्म तोकेको छ । १०.२८ प्रतिशत बेसरेट रहेको बैंक अफ काठमाडौंबाट ऋण लिँदा ८ प्रतिशतसम्म प्रिमियम थपिने छ । 

बैंकहरुले ऋणको प्रकृति हेरिकन आधारदरमा अधिकतम ८ प्रतिशतसम्म प्रिमियम थपेर ऋणीसँग कर्जाको ब्याजदर लिनेछन् । 

नेपाल बैंकर्स संघले कार्तिकका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । जसअनुसार व्यक्तिगत मुद्दती निक्षेपको १२.१३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपको १०.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती निक्षेपको १३.१३ प्रतिशत ब्याजदर कायम छ । 

प्रणालीमा तरलता अभाव भएपछि बैंकको ब्याजदर चुलीमा पुगेको हो । अहिले निक्षेपको ब्याजदर नै १२ प्रतिशतभन्दा बढी रहेको छ ।

बैंकले कर्जाको ब्याजदर वृद्धि गरेपछि सिंगो निजी क्षेत्र असन्तुष्ट बनेको छ । निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले राष्ट्र बैंकमै पुगेर ब्याजदर घटाउन लबिङ गर्दै आइरहेका छन् । अर्थ मन्त्रालयले पनि बैंकको ब्याजदर घटाउने तयारी गरेको थियो । तर, अध्ययन समितिले ब्याजदर घटाउन नहुने निष्कर्ष सहितको प्रतिवेदन बुझाएपछि आफ्नो निर्णयबाट पछाडि हटेको थियो ।

बैंकको बेसरेट र प्रिमियम थपेपछिको अधिकतम ब्याजदर 

बैंकको नाम

बेसरेट (प्रतिशत)

प्रिमयम दर (प्रतिशत)

अधिकतम ब्याजदर (प्रतिशत)

एभरेष्ट बैंक

९.२५

७

१६.२५

स्टान्डर्ड चार्टर्ड बैंक

८.४५

७.५

१५.९५

नेपाल इन्भेष्टमेन्ट बैंक

९.१३

७

१६.१३

कृषि विकास बैंक

९.२७

५

१४.२७

राष्ट्रिय वाणिज्य बैंक

७.८६

५

१२.८६

सिद्धार्थ बैंक

९.८५

६

१५.८५

नेपाल बैंक

८.९१

५.५

१४.४१

प्रभु बैंक

९.६२

७

१६.६२

नबिल बैंक

८.७७

७

१५.७७

प्राइम बैंक

९.९९

६.९९

१६.९८

सिभिल बैंक

११.१५

७

१८.१५

बैंक अफ काठमाण्डू

१०.२८

८

१८.२८

एनआइसी एशिया बैंक

१०.३३

६.५

१६.८३

नेपाल एसबिआई बैंक

१०.०६

६

१६.०६

एनसीसी बैंक

१०.५२

७

१७.५२

कुमारी बैंक

१०.८७

६.५

१७.३७

माछापुच्छ«े बैंक

१०.३६

७.५

१७.८७

हिमालयन बैंक

९.८८

६

१५.८८

सनराइज बैंक

१०.८१

७

१७.८१

सेञ्चुरी बैंक

१०.७५

७

१७.७५

सिटिजन्स बैंक

१०.५५

६

१६.५५

ग्लोबल आइएमई बैंक

१०.१

६

१६.१

लक्ष्मी बैंक

१०.३१

६

१६.३१

मेगा बैंक

१०.४६

७

१७.४६

सानिमा बैंक

१०.०४

७

१७.०४

एनएमबि बैंक

१०.०२

६

१६.०२

स्रोतः सम्बन्धित बैंकले प्रकाशित गरेको ब्याजदर

Tue Oct 18 2022 11:07:13 GMT+0545 (Nepal Time)