व्यवसाय दर्ता गर्न काठमाडौं महानगरको ३० दिने अल्टिमेटम, दर्ता नगरे बन्द गरिदिने

काठमाडौं । बक्यौता कर असुलीमा आक्रमक बनेको काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा सञ्‍चालित व्यापार व्यवसायहरुलाई अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको राजश्‍व विभागले सार्वजनिक सूचना प्रकाशित गरी महानगरभित्र सञ्‍चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन दिएको हो । अहिले धेरै व्यापार व्यवसाय दर्ता नै नगरी कर छली सञ्‍चालन भइरहेका छन् । 

यदि व्यापार व्यवसाय दर्ता नगरी सञ्‍चालन गरेमा बन्द गरिदिने र नियमाअनुसार जरिवाना पनि तिराउने महानगरले चेतावनी दिएको छ । 

महानगरभित्र व्यापार व्यवसाय सञ्‍चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिएको भन्दै एक महिनाभित्र दर्ता गर्न अल्टिमेटम हो । 

महानगरको वडा कार्यालयमा तत्कालै गएर व्यवसाय दर्ता गर्न भनिएको छ । 

Wed Oct 19 2022 10:50:21 GMT+0545 (Nepal Time)