मुक्तिनाथमा बन्यो बुद्धको मूर्तिसहित ‘लो मुस्ताङ हिमालय रिसोर्ट’, राष्ट्रपतिले उद्धघाटन गर्दै

मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार बिस्तार गर्दै एनआरएनए पुर्वउपाध्यक्ष सोनाम लामाले मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माण गरेका हुन् । 

काठमाडौं । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधारहरु थपिँदै गएका छन् । पछिल्लो समय गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष सोनाम लामाले व्यक्तिगत पहलमा करोडौं लगानी गरेर धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गरेका हुन् । 

लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको मूर्ति पनि राख्‍न लागिएको छ । यस्तै, मुक्तिनाथ क्षेत्रमै अन्तर्राष्ट्रिय स्तरको बुटिक रिसोर्ट ‘लो मुस्ताङ हिमालय रिसोर्ट’ सञ्‍‍चालनमा ल्याउँदैछन् उनी ।

बुद्धको मूर्ति र रिसोर्टको यशी शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । नयाँ बन्‍ने विष्णुको मूर्ति निर्माणको शिलान्यास पनि राष्ट्रपतिले नै गर्ने लामाले बताए ।  

परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्बद्र्धन गर्ने गरी मुक्तिनाथ विकास गुरु योजना छ । सोही गरु योजनाको महत्वपूर्ण संरचना बुद्ध मूर्तिको स्थापना र विष्णु भगवानको मूर्ति शिलान्याशमा आफु संलग्‍न हुँन पाउँदा खुसी लागको लामाको भनाई छ । 

बुद्ध मूर्ति

मुक्तिनाथ क्षेत्रको समुचित विकासका लागि तय गरिएको गुरुयोजनाको एक अंशका रुपमा ३५ फिट अग्लो पत्थरको मूर्ति बनाइएको हो । पाटन औद्योगिक क्षेत्रमा तयार गरिएको मूर्ति मुक्तिनाथमा लगेर स्थापना गरिएको लामाले बताए । सोही ठाउँमा ध्यान, योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क पनि निर्माण गरिएको छ । 

‘पाहुनालाई बुद्ध मूर्ति आराधनाका लागि मात्र होइन, ध्यान र योगसँगै दृश्यावलोकनको स्वर्गीय आनन्द अनुभूत गर्ने गरी यो संरचना तयार गरेका हौ’ लामाले भने । 

उनले यी परियोजना निर्माणमा करिव ६ करोड रुपैयाँ लगानी भएको बताए । मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचनाहरु बननाइएको छ । समुद्र सतहबाट करिव ३७ सय मिटर उचाईमा रहेका बुद्ध मूति र रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुष्यावलोकन गर्न सकिन्छ । 

भगवान विष्णुको मूर्ति निर्माण हुँदै

गुरुयोजना अनुरुप भगवान विष्णुको पनि ढुंगाकै ठूलो मूर्ति बनाउन लागिएको छ । यो मूर्ति स्थापनाका लागि संघका पूर्वअध्यक्ष शेष घलेले पनि ५० लाख रुपैयाँ सहायता गर्ने लामाले जानकारी दिए । ३५ फिट अग्लो विष्णु मूर्ति र सम्बन्धित अन्य संरचना निर्माणका लागि करिव ९ करोड रुपैयाँ लाग्‍ने आँकलन छ । 

विष्णुको मूर्ति पनि पाटन औद्योगिक क्षेत्रमै निर्माण गरी त्यहाँ पुर्याइने छ । यो परियोजनाका लागि भने गैरआवासीय नेपालीलगायत अन्य दाताहरुको सहायता पनि स्वीकार गरिने लमाले बताए । 

सुविधायूक्त बुटिक होटल

लामाले सोही ठाउँमा सुविधा सम्पन्‍न ‘लो मुस्ताङ हिमालय रिसोर्ट’ सञ्‍चालनमा ल्याउँदै छन् । 

‘कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ, तर स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो’ लामाले भने । 

बुटिक अवधारणामा बनेको होटल करिव एक सय रोपनीमा फैलिएको छ । चारै दिशामा हिमाल अवलोकन गर्न सकिने रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिव पाँच सय बोटको स्याउ फार्म पनि छ । 

निलगिरी धौलागिरीजस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुने लामाले जानकारी दिए ।   

मुक्तिनाथ नजिकैको गाउँ थुराङमा जन्मिएका लामाले आफ्नै मातृभूमिको विकासका लागि पूर्वाधार निर्माण्माा जुटेको बताए । स्थानीय समुदायसँग भाडामा जग्गा लिएर रिसोर्ट निर्माण गरिएको बताउँदै उनले भने, ‘निश्‍चित अवधिपछि उक्त रिसोर्ट समुदायलाई नै हस्तान्तरण गर्ने योजना छ ।’

उनले काठमाडौको ठमेलमा पनि एक सय बेडको होटल लो मुस्ताङ सञ्‍चालनमा ल्याउने अन्तिम तयारी भइरहेको बताए ।

Tue Nov 01 2022 10:02:39 GMT+0545 (Nepal Time)