काठमाडौंमा सस्तो घर खोज्दै हुनुहुन्छ ? यी हुन् सवा करोडदेखि तीन करोडसम्मका घरहरु

काठमाडौं । कोभिड महामारी लगत्तै देखिएको तरलता अभाव, बढ्दो ब्याजदर, चर्को महंगीलगायत कारणले देशको अर्थतन्त्र चरम संकटमा परेको छ । पछिल्लो केही महिनायता घरजग्गा किनबेच करिव ठप्प नै छ ।

बढ्दो ब्याजदरकै बिच कारोबार ठप्प हुँदा कमर्शियल घरजग्गाको मूल्य ओरालो लाग्‍न थालेको छ । तर, साना टुक्रा घडेरी र घरहरुको मूल्य स्थिर छ । अझै केही समय यस्तै अवस्था रहिरहे घरजग्गा व्यवसाय गम्भिर संकटमा पर्ने घरजग्गा व्यवसायी बताउँछन् ।

चर्को ब्याजका कारण बैंकको किस्ता बुझाउन सकस परेपछि पछिल्लो समय रियलस्टेटका अनलाइन प्लेटफर्ममा घरजग्गा बिक्रीका लागि लिस्टिङ गर्ने क्रम बढेको छ । आज हामीले नेपालहोम्स डटकममा बिक्रीका लागि लिस्टिङ गरिएका काठमाडौं उपत्यकाभित्रका सवा करोडदेखि तीन करोडसम्मका घरहरुको जानकारी गराउन गइरहेका छौं ।     

ललितपुरको ठैबमा १३ फुट बाटो भएको ठाउँमा ४ आना १ पैसा १ दाम क्षेत्रफल बनेको साढे दुई तल्ले घर बिक्रीमा राखिएको छ । दक्षिण मोहडा भएको घरको बिक्री मूल्य २ करोड ६० लाख रुपैयाँ राखिएको छ ।

ललितपुरकै इमाडोलमा १३ फुटको बाटोमा २ आना ३ पैसा जग्गामा बनेको साढे तीन तल्ले घर बिक्रीमा छ । दक्षिण मोहडाको यस आवासिय घरको बिक्री मूल्य २ करोड ४० लाख राखिएको छ । इमाडोलमै १३ फुट बाटोको पहुच र ३ आना जग्गामा बनेको साढे दुई तल्ले घर २ करोड ५५ लाखमा बिक्रीमा छ । उत्तरी मोहडा फर्किएको यस घरमा ६ वटा बेडरुम छन् । 

इमाडोल, बोजेपोखरीमा १३ फुट बाटोमा ३ आना २ पैसा १ दाम जग्गामा बनेको साढे दुई तल्ले घर बिक्रीमा राखिएको छ । पूर्वी मोहडाको यस घरको बिक्री मूल्य २ करोड ८५ लाख भनिएको छ ।

धापासी हाइटमा साढे दुई आना जग्गामा बनेको पूर्वी मोहडा भएको ६ कोठाको डेढ तल्ले घर १ करोड ३५ लाखमा बिक्रीमा छ । 

ललितपुरकै साम्पाङ चोकमा ३ आनामा साढे दुई तल्ले घर बिक्रीमा छ । यस आवासिय घरको बिक्री मूल्य २ करोड २० लाख राखिएको छ । बानियाटार ढलमल चोकमा १३ फिट बाटोमा ३ आना ३ पैसा जग्गामा बनेको साढे दुई तल्ले घर बिक्रीमा छ । दक्षिण–पश्चिम मोहडा भएको यस घरको मूल्य २ करोड ७० लाख रहेको छ ।

करुणा हस्पिटल नजिकै चुनिखेलमा १३ फिट बाटो भएको ३ आना २ पैसा जग्गामा बनेको साढे दुई तल्ले नयाँ घर बिक्रीमा राखिएको छ । घरको बिक्री मूल्य २ करोड ९५ लाख रहेको छ ।

बुढानिलकण्ठमा १३ फिट बाटोमा ३ आना २ दाम जग्गामा बनेको साढे दुई तल्ले घर २ करोड ८० लाख मूल्यमा बिक्रीमा छ । ललितपुरको गोदावरीमा ३ आना १ पैसा जग्गामा बनेको पश्चिम मोहडा भएको दुई तल्ले घर १ करोड ७५ लाखमा बिक्रीमा छ । 

बुढानिलकण्ठमै १० फिट बाटोको पहुच र ३ आना २ पैसा जग्गा भएको साढे दुई तल्ले नयाँ घर २ करोड ८८ लाख मूल्य राखी बिक्रीका लागि लिस्टिङ गरिएको छ । 

धापाखेलमा ९ आना जग्गा भएको उत्तर–पूर्वी मोहडाको तीन तल्ले आवासिय घर बिक्रीमा राखिएको छ । ४ फिटको मात्र बाटो भएको कारणले गर्दा यस घरको मूल्य सस्तो छ । ११ कोठा भएको यस घरको मूल्य २ करोड ७५ लाखमात्रै राखिएको छ ।

स्युचाटारमा १३ फिट बाटोको पहुच र ३ आना १ पैसा जग्गा भएको साढे दुई तल्ले घर बिक्रीमा छ । यो घरको मूल्य केही मिलाउन सकिने अप्सनसहित २ करोड ३५ लाख राखिएको छ ।

सिमलटारमा ८ फिट बाटो भएको ४ आना जग्गामा बनेको साढे तीन तल्ले घर बिक्रीमा रहेको छ । दक्षिण–पूर्वी मोहडाको यस आवासिय घरको बिक्री मूल्य २ करोड ५० लाख रहेको छ । इमाडोलमा १३ फुट बाटोमा ३ आना २ दाम जग्गा भएको साढे दुई तल्ले घर बिक्रीमा राखिएको छ । यो घरको बिक्री मूल्य २ करोड ५० लाख राखिएको छ ।

टिकाथलीमा १३ फुट बाटोको पहुच र ३ आना जग्गा भएको एक तल्ले घर बिक्रीमा राखिएको छ । यस आवासिय घरको बिक्री मूल्य १ करोड ६५ लाख रहेको छ । बाफलमा १२ फिटको बाटोमा २ आना २ पैसा जग्गामा बनेको साढे दुई तल्ले घर २ करोड ३५ लाखमा बिक्रीमा राखिएको छ ।

टिकाथलीमा १३ फुट बाटोमा २ आना ३ पैसा जग्गामा बनेको अढाई तल्ले घर बिक्रीमा राखिएको छ । पूर्वी मोहडाको यस आवासिय घरको बिक्री मूल्य २ करोड १५ लाख रहेको छ । इमाडोलमा २० फुट बाटोमा ३ आना जग्गामा बनेको पश्चिम मोहडाको साढे तीन तल्ले घर २ करोड ७५ लाखमा बिक्रीमा छ ।

मण्डिखाटारमा १३ फुटका बाटोमा ३ आना १ पैसा जग्गामा बनेको तीन तल्ले नयाँ घर २ करोड ९५ लाखमा बिक्रीमा छ । चन्द्रागिरीमा १० फिट बाटोको पहुच र ४ आना जग्गा भएको दुई तल्ले घर बिक्रीमा राखिएको छ । दक्षिण–पूर्वी मोहडाको यस आवासिय घरको बिक्री मूल्य १ करोड ६० लाख रहेको छ ।

कपनमा ४ आना जग्गा भएको दक्षिण–पूर्वी मोहडाको दुई बेडरुम भएको एक तल्ले घर २ करोड ८५ लाखमा बिक्रीमा रहेको छ । इमाडोलमा १३ फुटको बाटोमा २ आना २ पैसा जग्गामा बनेको साढे दुई तल्ले घर बिक्रीमा राखिएको छ । यस आवासिय घरको बिक्री मूल्य १ करोड ७० लाख रहेको छ ।

गोल्फुटारमा बास्केटबल कोर्ट नजिकै १६ फिट बाटोमा ४ आना जग्गामा बनेको चार बेडरुम हलको साढे दुई तलाको आवासिय घरको बिक्री मूल्य २ करोड ९५ लाख रहेको छ ।

नयाँबस्ती, इमाडोलमा १३ फिटको बाटोमा ३ आना जग्गामा बनेको साढे दुई तल्लाको घर बिक्रीमा छ । पूर्वी मोहडाको यस तीन बेडरुमको घरको बिक्री मूल्य २ करोड ६० लाख रहेको छ । इमाडोलमै १२ फिट बाटोमा ३ आना ३ पैसा जग्गामा बनेको पूर्वी मोहोडा भएको साढे दुई तल्लाको आकर्षक घर बिक्रीमा छ । पाँच बेडरुम भएको घरको बिक्री मूल्य २ करोड २५ लाख तोकिएको छ । 

टिकाथलीमा १३ फिटको बाटोमा ४ आना १ पैसा जग्गामा बनेको साढे दुई तल्ले आकर्षक घर बिक्रीमा रहेको छ । उत्तर–पश्चिम मोहडाको यस आवासिय घरको बिक्री मूल्य २ करोड ७० लाख रहेको छ ।

सेतीपाखा, हात्तिवनमा १३ फिटको बाटोमा २ आना ३ पैसा जग्गामा बनेको साढे दुई तल्ले आवासिय घर बिक्रीमा छ । पूर्वी मोहडाको यस पाँच बेडरुमको घरको मूल्य २ करोड २५ लाख तोकिएको छ ।

चाँगाथली बसपार्क नजिकै १० फिट बाटोको पहुच र ४ आना जग्गा भएको साढे दुई तल्ले घर बिक्रीमा रहेको छ । पूर्वी मोहडाको यस आवासिय घरको बिक्री मूल्य १ करोड ७० लाख मात्र राखिएको छ ।

इमाडोलको ओचु हाइटमा १३ फिटको बाटो भएको ३ आना २ पैसा जग्गामा बनेको साढे दुई तल्लाको नयाँ घर बिक्रीमा छ । दक्षिण मोहडाको पाँच बेडरुम भएको घरको बिक्री मूल्य २ करोड ४५ लाख छ । 

Wed Nov 09 2022 11:09:32 GMT+0545 (Nepal Time)