के ठूलो विलासी घर खोज्दै हुनुहुन्छ ? यी हुन् बिक्रीमा राखिएका १० महंगा घर

काठमाडौं । के तपाईं ठूलो क्षेत्रफलमा बनेको विलासी घर खोजिरहनुभएको छ । यदि छ भने हामी तपाईंलाई काठमाडौं उपत्यकामा बिक्रीमा राखिएका केही विलासी घरहरुका बारेमा जानकारी गराउन गइरहेका छौं । 

एक/डेढ रोपनी क्षेत्रफलमा बनेका घरहरु बिक्रीमा राखिएका छन्, जसको मूल्य १० लाखभन्दा बढी रहेको छ ।

धापासी टोखामा तीन रोपनी क्षेत्रफलमा बनेको साढे दुई तल्ले बंग्लो बिक्रीमा छ । ६ बेडरुम रहेको यस आवासिय भिल्लाको बिक्री मूल्य २५ करोड रहेको छ ।

महाराजगञ्‍जमा २० फिट बाटो भएको ठाउँमा १४ आना जग्गामा बनेको घर बिक्रीमा राखिएको छ । साढे तीन तलाको आकर्षक घरको मूल्य १२ करोड तोकिएको छ । पूर्वी मोहोडा भएको सो घरमा पाँच बेडरुम रहेका छन् ।

पासिकोटमा २० आना जग्गामा बनेको साढे दुई तल्ले घर बिक्रीमा रहेको छ । उत्तर–पश्चिम मोहडा फर्किएको घरमा चारवटा बेडरुम रहेका छन् । १४ फिटको बाटोमा रहेको घरको बिक्री मूल्य १० करोड राखिएको छ ।

 

धापासी हाईटमा २० फिट बाटोमा १४ आना जग्गामा बनेको साढे तीन तले भिल्ला बिक्रीमा छ । दक्षिण–पूर्वी मोहडाको यस पाँच बेडरुमको क्लासिक भिल्लाको मूल्य १३ करोड ५० लाख रहेको छ । 

महाराजगञ्‍जमा २० फिट बाटो भएको १३ आना जग्गामा बनेको साढे दुई तल्ले आवासीय भिल्ला बिक्रीमा छ । दक्षिण–पूर्वी मोहडा फर्किएको घरमा चार बेडरुम रहेका छन् । नियोक्लासिक शैलीमा बनेको भिल्लाको बिक्री मूल्य १९ करोड तोकिएको छ ।

रातोपुलमा १ रोपनी क्षेत्रफलमा बनेको पश्‍चिम मोहडाको चार तल्ले घर बिक्रीमा राखिएको छ । फ्ल्याट सिस्टमको यस आवासिय घरको बिक्री मूल्य १३ करोड ७५ लाख रहेको छ ।

बुढानिलकण्ठमा एक रोपनी क्षेत्रफलमा बनेको दुई तले बंग्लो बिक्रीमा छ । सो आवासिय घरको बिक्री मूल्य १८ करोड रहेको छ ।

धुम्बाराहीमा १७ आना जग्गामा बनेको साढे दुई तल्लाको आकर्षक आवासीय बंग्लो बिक्रीमा छ । यस बंग्लोको मूल्य १४ करोड राखिएको छ ।

महाराजगञ्‍जमा ११ आना जग्गामा बनेको दुई तल्ले बंग्लो बिक्रीमा राखिएको छ । आवासिय तथा व्यवसायिक दुबै प्रयोजनको लागि उपयुक्त यस चार बेडरुम हलको बंग्लोको बिक्री मूल्य १० करोड ४५ लाख रहेको छ ।

बुढानिलकण्ठमा २२ आना क्षेत्रफलमा रहेको ६ बेडरुम हलको डुप्लेक्स घर बिक्रीमा छ । यस सुविधा सम्पन्‍न आवासिय बंगलोको बिक्री मूल्य १२ करोड ५० लाख रहेको छ । 

Fri Nov 11 2022 12:06:56 GMT+0545 (Nepal Time)