बृहतको रियल इस्टेट मार्केटिङ एजेन्ट तालिम सम्पन्‍न


काठमाडौं । बृहत इन्भेष्टमेन्टस (बिआई)ले आयोजना गरेको १८औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्न भएको छ । बृहत इन्भेष्टमेन्ट रियल इस्टेट क्षेत्रमा प्रख्याती कमाएको व्यवसायिक समूह ‘बृहत ग्रुप’ अन्तर्गतको कम्पनी हो ।

तीन दिनसम्म चलेको तालिममा रियल इस्टेट एजेन्ट, रियल इस्टेट लगानीकर्ता र व्यवसायिक प्रतिष्ठान, रियल इस्टेट पेशमा लाग्‍न मन भएका व्यक्तिहरुको उपस्थिती थियो । समयानुकुल आफ्नो ज्ञान र क्षमता अभिबृद्धि गर्ने उद्वेश्यले उनीहरु तालिममा सहभागी भएका थिए । 

तालिममा रियल इस्टेट करिअरबारे आधारभुत जानकारीका साथै घर निर्माण, सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी भ्यालुएसन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निक लगायतका विषयहरु समेटेको थियो । 

ओम राजभण्डारी, पुर्णिमा राजभण्डारी, आ. रस्मी तुलाधर, ई. बिनोद महर्जन, सुजन श्रेष्ठ, अमित कुमार पुडासैनी र सजन बार सिं थापाले प्रशिक्षार्थीलाइ तालिम दिएका थिए ।

यस तालिमले सहभागीहरुलाई रियल इस्टेट क्षेत्रमा करिअर बनाउनका लागि नयाँ आयाम सृजना गर्ने आयोजक संस्थाको विश्वास छ । 

तालिममा सहभागिहरुले रियल इस्टेटबारे आधारभूत ज्ञान हासिल हुनुका साथै यस क्षेत्रमा करियर अगाडि बढाउन पनि अत्यन्त सहयोगी भएको बताए । 

दक्ष रिमामार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले कम्पनीले १२ वर्षदेखी यस्तो तालिम आयोजना गर्दै आएको छ । अहिलेसम्म यस तालिमबाट २३० जना लाभान्वित भइसकेका छन् । 
 

Mon Nov 14 2022 09:56:29 GMT+0545 (Nepal Time)