अख्तियारको निर्देशनपछि जग्गाको कित्ताकाट खुकुलो बनाउन भूमि व्यवस्था मन्त्रालय गृहकार्यमा जुट्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्तकाट खुकुलो बनाउन निर्देशन दिएपछि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले गृहकार्य सुरु गरेको छ ।

367B408218B985F-icon.png
126views
46940A4E45B3B12-land-plating-final.jpg


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्तकाट खुकुलो बनाउन निर्देशन दिएपछि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले गृहकार्य सुरु गरेको छ ।

कित्ताकाट रोक्ने निर्णयले मालपोत र नापी कार्यालयमा अनियमितता बढेको अख्तियारले निष्कर्ष निकालेको थियो । भूमिसुधार मन्त्रालयका प्रवक्ता जनकराज जोशीले कित्ताकाट खोल्ने विषयमा नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग सुझाव मागेको बताए ।

विभागबाट आएको सुझावको आधारमा कित्ताकाट खुकुलो बनाउने निर्णय गर्ने तयारीमा मन्त्रालय छ । नापी र मालपोत कार्यालय हेर्ने विभागले  कित्ताकाट सहज बनाउन तत्काल के के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयमा राय सुझाव पेश गर्नेछन् । 

अख्तियारले गत शुक्रबार कित्ताकाटका सम्बन्धमा नयाँ व्यवस्था गर्न निर्देशन दिएको थियो । मन्त्रालयले सोमबार सम्बन्धित सबै विभागलाई राय सुझाव पेश गर्न निर्देशन दिइसकेको छ। 

मन्त्रालयले ३ दिनभित्र राय सुझाव आउने अपेक्षा गरेको छ । राय सुझावका आधारमा मन्त्रालयले अर्को हप्तासम्म ठोस निर्णय लिने प्रवक्ता जोशीले बताए । 

कित्ताकाट खोल्ने वा रोक्ने भन्ने निर्णय लिने अधिकार भूमिसुधार मन्त्री पद्या अर्यालसँग् हुनेछ । भूमिसुधार मन्त्रालयले २ वर्षअघि मन्त्रीस्तरिय निर्णय गरेर जग्गाको कित्ताकाट रोको थियो । त्यसपछि स्थानीय तहलाई जग्गाको कित्ताकाटमा अधिकार दिइने छ । 

अख्तियारले भने अनुसार जुन उद्देश्यले कित्ताकाट रोक्ने निर्णय गरिएको थियो, उक्त उद्देश्य पूरा नभएकाले मालपोत कार्यालयहरु कित्ताकाट रोकिराख्नु पर्ने निर्णय पुनर्विचार गर्नुपर्नेमा पुगेका हुन् । कित्ताकाट रोक्ने निर्णयपछि अधिकांश मालपोत र नापी कार्यालयका कर्मचारीहरु घूस लिँदालिँदै अख्तियारको नियन्त्रणमा परिरहेका थिए। 
 

देशैभर पक्की घर बढ्दै, कच्ची घट्दै, ७६% परिवारको बसोबास पक्की घरमा

११ महिनामा १४% ले बढ्यो घरजग्गा कारोबार, तर राजश्व घट्यो

'एक्सचेञ्‍ज अफर'ले बढाउँदै घरजग्गा कारोबार

चितवनमा पनि खुल्ने भयो भिभान्ता होटेल

काठमाडौंको पुरानो शहरी क्षेत्रमा जमिनमुनि एक तला र अन्य क्षेत्रमा दुई तलासम्म बेसमेन्ट बनाउन पाइने

चितवनको दियालो दरबार वैशाखदेखि सबैका लागि खुल्ला गरिने

नेपालमा ४२ प्रतिशत घर भूकम्पयता निर्माण, ८६ प्रतिशत परिवारको आफ्नै घर

शहरी विज्ञको नजरमा परेका १० व्यवस्थित र सुन्दर शहरहरु

3E00679F98793C1-3242FDCEB10212E-house.jpg

घरजग्गा चलायमान बनाउन अर्थमन्त्रीलाई चेम्बरको ४ सुझाव

4DD55FA59D8CFF2-real state final.jpg

कोरोनापछि पहिलोपटक पुसमा वृहत घरजग्गा मेला हुँदै, ६० भन्दा बढी स्टल रहने

53A08F79288F30D-NRB.jpg

घरकर्जामा कडाई गर्ने राष्ट्र बैंकको संकेत