के तपाईंको लालपूर्जा हरायो ? यसरी निकाल्नुहोस् नक्कल प्रति

लालपुर्जा हराएमा तपाईंले चिन्ता लिनु पर्दैन । केही सामान्य प्रकृयाहरु पुरा गरेर मालपोत कार्यालयबाट लालपुर्जाको प्रतिलिपि सजिलै प्राप्त गर्न सकिन्छ ।

367B408218B985F-icon.png
1757views
49809744A09279F-lalpurja-jaggadhani-purja.jpg

काठमाडौं । घरजग्गामा कुनै पनि व्यक्तिको स्वामित्व, हक–अधिकार छ कि छैन भनेर हेर्ने सबैभन्दा ठूलो प्रमाण लालपुर्जा हो । यदि लालपुर्जा छैन् भने कुनै पनि घरजग्गामा तपाईंको स्वामित्व रहेको ठहरिँदैन । 

त्यसैले लालपुर्जाको सुरक्षामा एकदमै सजग हुन जरुरी छ । नत्र, तपाईंको हराएको लालपुर्जाको दुरुपयोग पनि हुन सक्छ । त्यसतर्फ बेलैमा सजग हुनु जरुरी छ ।

तर, कहिलेकाहीँ सुरक्षा गर्दा गर्दै पनि यत्तिकै लालपुर्जा हराउन सक्छ । वा, बाढी, पहिरो, आगलागी, चोरी, डकैतीजस्ता घटना हुँदा तपाईंको घरजग्गाको लालपुर्जा हराउन पनि सक्छ । 

लालपुर्जा हराइहाल्दैमा तपाईंको सम्पत्ती हराउने होइन । कसैले पनि सजिलै तपाईंको लालपुर्जा दुरुपयोग गरेर सम्पत्ति आफ्नो नाममा नामसारी गर्न सक्दैनन् । 

लालपुर्जा हराएमा तपाईंले चिन्ता लिनु पर्दैन । केही सामान्य प्रकृयाहरु पुरा गरेर मालपोत कार्यालयबाट लालपुर्जाको प्रतिलिपि सजिलै प्राप्त गर्न सकिने ललितपुरको लगानखेल मालपोत कार्यालयका मालपोत अधिकृत एवं सूचना अधिकारी विदुर अधिकारीले जानकारी दिए ।

तपाईंले लालपुर्जा हराएको निश्‍चित हुनासाथ अविलम्ब यसको प्रतिलिपि पाउनको लागि आवश्यक प्रक्रिया अघि बढाउँदा राम्रो हुन्छ ।

लालपुर्जाको प्रतिलिपि लिन आवेदन दिनुभन्दा अघि तपाईंले हराएको लालपुर्जा कहिँकतै परेको छ कि भनेर खोज्‍ने कोशिस गर्नुपर्छ । मेरो लालपुर्जा हराएकै हो, अब भेटिदैन भन्‍ने यकिन भइसकेपछि मात्र बल्ल प्रतिलिपीका लागि आवेदन दिनुपर्ने घिमिरे ल फर्मका सञ्‍चालक  मदन घिमिरेले बताए । 

तपाईंले आफ्नो घरजग्गाको कित्ता नम्बर कति हो भन्‍ने कुरा जहिल्यै जानकारी राख्‍नु राम्रो हुन्छ । कहिलेकाहीँ लालपुर्जा हराउँदा कित्ता नम्बर थाहा भएमा प्रतिलिपि निकाल्न पनि सजिलो हुन्छ ।

यदि तपाईंले घरजग्गाको कित्तानम्बर दिमागमा राख्‍न सक्दिन भन्‍ने लाग्छ भने फोटो खिचेर वा फोटोकपी गरेर घरमा सुरक्षित राख्‍न सक्नुहुन्छ । यसो गर्दा सक्कली लालपुर्जा हराउँदा पनि फोटोकपी हेरेर कित्ता नम्बर थाहा पाउन सकिन्छ ।

मालपोत अधिकृत अधिकारीका अनुसार, हराएको लालपुर्जाको कित्ता नम्बर यकिन भएमा प्रतिलिपि निकाल्नका लागि प्रकृया छोटो हुन्छ । 

प्रतिलिपी कसरी निकाल्ने ?

यदि तपाईंलाई घरजग्गाको कित्ता नम्बर यकिन छ भने सिधै सम्बन्धित वडा कार्यालयमा गएर फलानो ठाउँको फलानो कित्ता नम्बरको घरजग्गाको प्रतिलिपी पाउँ निवेदन दिन सक्नुहुन्छ । 

वडा कार्यालयबाट फोटो सहितको तीन पुस्ते खुलाएको सिफारिस लिएर मालपोत कार्यालयमा बुझाउनुपर्छ । जग्गाधनीको सम्पूर्ण विवरण र जग्गाको विवरण भरिएको त्यो सिफारिसको आधारमा मालपोत कार्यालयले लालपुर्जाको प्रतिलिपि दिन्छन् । 

‘वडा कार्यालयको फोटो सहितको तीन पुस्ते खुल्ने सिफारिस अनिवार्य चाहिन्छ’ मालपोत अधिकृत अधिकारी भन्छन्, ‘वडा कार्यालयबाट सिफारिस लिनका लागि घरजग्गाको कित्ता नम्बर, घरजग्गा धनीको फोटो र नागरिकता भए पुग्छ ।’

यदि तपाईलाई आफ्नो जग्गाको कित्ता नम्बर थाहा छैन भने पनि आत्तिनु पर्दैन, त्यसको पनि समाधान छ । यदि हराएको लालपुर्जाको कित्ता नम्बर थाहा नभएमा सेवाग्राही कित्ता नम्बर पहिचान गर्न पहिला मालपोत कार्यालयमा आउनुपर्ने अधिकारीको भनाई छ । सम्बन्धित व्यक्तिको नागरिकता, सम्बन्धित जग्गाको तिरो तिरेको रसिद बोकेर मालपोत कार्यालय पुगेपछि नागरिकताको आधारमा घरजग्गा पहिचान गरेर कर्मचारीले तपाईको घरजग्गाको कित्ता नम्बर दिन्छन् । 

मालपोतले तपाईंको हराएको लालपुर्जाको कित्ता नम्बर पहिचान गरेर दिँदैमा लालपुर्जाको प्रतिलिपी भने दिइहाल्दैन । त्यसका लागि तपाईले मालपोतले दिएको कित्ता नम्बर लिएर सम्बन्धित वडा कार्यालयमा सिफारिस लिन पुग्‍नैपर्ने हुन्छ । 

‘वडा कार्यालयमा पुगेर प्रतिलिपी पाउँ भनेर सम्पूर्ण विवरण भरेर निवेदन दिएपछि वडाले फोटोसहितको सिफारिस दिन्छन्’ कानुन व्यवसायी घिमिरे भन्छन्, ‘त्यो सिफारिस लिएर मालपोत कार्यालयमा गएर फेरी प्रतिलिपीका लागि निवेदन दिनुपर्छ । 

मालपोत कार्यालयमा गएर ‘लालपुर्जाको प्रतिलिपी पाउँ’ भन्‍ने निवेदनको फर्म्याट भरेर वडाको सिफारिससहित बुझाउनुपर्ने मालपोत अधिकृत अधिकारी बताउँछन् । जग्गा दर्ता भएको सम्बन्धित मालपोत कार्यालयमा पुगेर ‘मेरो नाममा रहेको फलानो ठाउँको फलानो कित्ता नम्बरको जग्गाको लालपुर्जा हराएकोमा प्रतिलिपी पाउँ’ भन्‍ने आसयको फर्म्याट भर्नुपर्ने घिमिरेको भनाई छ । 

त्यो फर्म्याट भरेर नागरिकताको फोटोकपी सहित बुझाएपछि मालपोत कार्यालयका कर्मचारीले मोठ (श्रेस्ता)सँग भिडाएर तपाईंको हराएको लालपुर्जाको प्रतिलिपी दिन्छन् । 

‘लालपुर्जा हराउँदैमा चिन्ता लिनुपर्दैन, केही प्रकृया पुरा गरेर प्रतिलिपी लिन सकिन्छ’ मालपोत अधिकृत अधिकारीले भने, ‘वडा कार्यालयबाट सिफारिस लिएर आएपछि प्रतिलिपी पाउन सरल प्रकृया छ, बिना कुनै झन्झट सेवाग्राहीले प्रतिलिपी पाउन सक्नुहुन्छ ।’

मालपोत कार्यालयहरुको ढड्डा र अनलाइन सिष्‍टममा तपाईको घरजग्गाको प्रमाण राखिएको हुन्छ । 

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम आगडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

आँबुखैरेनीको मर्स्याङ्दी जलासयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ?

ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?

रियल इस्टेटबाट बनेका संसारकै धनाढ्यहरु

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति