रियल स्टेटमा सवा ५ अर्ब लगानी गरेर साढे ४ अर्ब नाफा ! लगानीको ८६ प्रतिशत 'रिटर्न'

सन् २०१८/१९ मा वास्तविक रियलस्टेट प्रतिष्ठानको बिक्री  मूल्य ९ अर्ब ८३ करोड रुपैयाँ रहेको छ, त्यसका लागि लगानी ५ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।

367B408218B985F-icon.png
1333views
928FEDF310B4A06-real state.jpeg

काठमाडौं । रियल स्टेट (घरजग्गा) व्यवसायमा लगानीकै बराबर नाफा हुने गरेको एक अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको घरजग्गा गणना २०१९ रिपोर्टले रियल स्टेट व्यवसायमा गरिएको लगानीको ८६.५० प्रतिशत मूल्य अभिवृद्धि हुने गरेको देखाएको हो ।

सन् २०१८/१९ मा वास्तविक रियलस्टेट प्रतिष्ठानको बिक्री  मूल्य ९ अर्ब ८३ करोड रुपैयाँ रहेको छ, त्यसका लागि लगानी ५ अर्ब २७ करोड रुपैयाँ रहेको छ । अर्थात्, घरजग्गा प्रतिष्ठानबाट अर्थतन्त्रमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको मूल्य अभिवृद्धि भएको देखिन्छ । बागमती प्रदेशमा सबैभन्दा बढी दुई अर्ब १६ करोड मूल्य अभिवृद्धि भएको छ भने कर्णली प्रदेशमा ऋणात्मक मूल्य अभिवृद्धि रहेको अध्ययनले देखाएको छ ।

रियल स्टेटको कुल मूल्य अभिवृद्धिमा प्रदेश १ को एक खर्ब ३२ करोड, मधेश प्रदेशको एक अर्ब २६ करोड, बागमती प्रदेशको ४ अर्ब २९ करोड, गण्डकी प्रदेशको एक अर्ब ११ करोड, लुम्बिनी प्रदेशको १ अर्ब ७५ करोड, कर्णाली प्रदेशको ४६ लाख, सुदूरपश्चिम प्रदेशको ८ करोड रुपैयाँ योगदान रहेको अध्ययन रिपोर्टमा उल्लेख छ ।

यो मूल्य अभिवृद्धिमा जग्गा तथा भवन बिक्रीको आम्दानी, जग्गा, भवन, कोठा र फ्ल्याटको भाडा, भाडाका लागि मध्यस्तता, मूल्यांकन, मेसिनरी तथा गाडीको भाडा, अन्य आम्दानी, चेन्ज इन बिल्डिङ स्टक लगायत समावेश छन् ।

अध्ययन रिपोर्टमा देशभर घरजग्गा व्यवसायमा आवद्ध २४१ वटा प्रतिष्ठानहरु समावेश थिए । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १११ प्रतिष्ठान, गण्डकीमा ४२, मधेशमा २९, प्रदेश १ मा २५, लुम्बिनीमा २४, सुदूरपश्चिममा ८ र कर्णालीमा २ प्रतिष्ठान रहेका छन् । 

अध्ययनमा समेटिएका रियलस्टेट प्रतिष्ठानमा १२ सय ३२ जनाले प्रत्यक्ष रोजगारी पाएको तथ्यांक विभागले जनाएको छ । जसमध्ये ८५६ जना श्रमिकलाई पारिश्रमिक दिइ रोजगारी दिइएको छ भने ३७६ जनालाई पारिश्रमिक नदिइएको अध्ययनमा देखिएको छ ।

सबैभन्दा धेरै रोजगारी दिनेमा बागमती प्रदेशका रियलस्टेट प्रतिष्ठान रहेका छन् । बागमीमा ८१३ जनाले रोजगारी पाएका छन् भने प्रदेश १ मा ४९ जना, मधेश प्रदेशमा १११ जना, गण्डकी प्रदेशमा १३० जना, लुम्बिनी प्रदेशमा ७३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ४८ जनाले रोजगारी पाएको अध्ययनले देखाएको छ । 

यी श्रमिकलाई वार्षिक १ अर्ब १६ करोड रुपैयाँ तलव भत्ता वितरण गरेको रिपोर्टमा उल्लेख छ ।

अर्थतन्त्रमा रियलस्टेट क्षेत्रको भूमिका र संगठित घरजग्गा व्यवसायको योगदान निर्धारण गर्न यो अध्ययन प्रतिवेदन गरेको विभागले जनाएको छ ।

Revenue, Intermediate Consumption and Value Added of Real Estate  Establishment 

S.No. 

Province 

Output ('000' NRs)

Intermediate  

Consumption  

('000'NRs)

Value Added  

('000'NRs)

Province No. 1 

1,324,036 

878,331 

445,705

Madhesh Province 

1,264,261 

763,525 

500,736

Bagmati Province 

4,291,695 

2,133,567 

2,158,128

Gandaki Province 

1,112,047 

557,709 

554,338

Lumbini Province 

1,751,247 

851,680 

899,567

Karnali Province 

4,662 

43,719 

(39,057)

Sudurpashchim  Province 

84,609 

42,368 

42,241

 

Total 

9,832,557 

5,270,899 

4,561,658

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम आगडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

आँबुखैरेनीको मर्स्याङ्दी जलासयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ?

ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?

रियल इस्टेटबाट बनेका संसारकै धनाढ्यहरु

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

71DCB519601F218-unnamed (1).png

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

4AD97C431B6596F-Tea-state.jpg

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

7CA53A70C144E92-Property-Expo-2017.jpg

बिहीबारदेखि सुरु हुँदैछ घरजग्गा मेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने तय