१० करोड लगानीमा खुल्यो ‘पोम्स पेन्टहाउस’ अपार्टमेन्ट

पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले १० करोड रुपैयाँ लगानी गरेर लेकसाइटस्थित बाराही पथमा ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा ल्याएका हुन् ।

E7CC92099DAE7C8-poms-house-final-7.jpg

काठमाडौं । पोखरामा पर्यटकको बसाई अवधि लम्बाउने उद्देश्यसहित लक्जरी सर्भिस अपार्टमेन्ट ‘पोम्स पेन्टहाउस’ सञ्‍चालनमा आएको छ ।

पोखरा घुम्‍न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले १० करोड रुपैयाँ लगानी गरेर लेकसाइटस्थित बाराही पथमा ‘पोम्स पेन्टहाउस’ सञ्‍चालनमा ल्याएका हुन् ।

समूह तथा परिवारसहित लामो वा छोटो अवधिका लागि पोखरा आउने पर्यटकलाई पोम्स पेन्टहाउस उपयुक्त हुने सञ्‍चालक श्रेष्ठले बताए । नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले ‘पोम्स पेन्टहाउस’ सर्भिस अपार्टमेन्ट उद्घाटन गरे ।

‘लामो समय पोखरामा बस्‍न चाहने जो कोहीलाई पोम्स पेन्टहाउस निकै उपयोगी हुनेछ’ सञ्‍चालक श्रेष्ठले भने, ‘तर, एक दिनमात्र बस्‍ने पर्यटकले पनि अपार्टमेन्टको सर्भिस लिन सक्नेछन् ।’

अपार्टमेन्ट पूर्ण सुविधा सम्पन्‍न छ । किनकि, ग्याँस, भाडाँकुँडालगायत घरमा आवश्यक पर्ने सबै सुविधा अपार्टमेन्टमै उपलब्ध छन् । 

पारिवारिक वातावरणमा सेवा लिन चाहनेहरुका लागि अपार्टमेन्ट उपयुक्त हुने सञ्‍चालक श्रेष्ठले जानकारी दिए ।

करिव १० आना क्षेत्रफलमा बनेको सर्भिस अपार्टमेन्ट निर्माणमा १० करोड रुपैयाँ लगानी भएको छ । पोम्स पेन्टहाउसमा ६ वटा स्टुडियो अपार्टमेन्ट, दुई बेडरुमका ४ वटा अपार्टमेन्ट, थ्री बेडरुमका १ र ६ वटा सेयरिङ किचन रुम रहेका अपार्टमेन्ट रहेका छन् । 

अपार्टमेन्टमा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउने सञ्‍चालक श्रेष्ठको प्रतिवद्धता छ ।

पोम्स पेन्टहाउसमा बस्नको लागि नेपालीले एक रातको तीन हजार देखि १० हजार रुपैयाँसम्म र विदेशीले ४० डलरदेखि १२० डलरसम्म खर्चिनुपर्ने हुन्छ ।

एक रातको नेपालीका लागि ३ हजार देखी १२ हजार सम्म र विदेशीलाई ४० डलर देखी १२० डलर सम्मका कोठा भएको अपार्टमेन्ट १० आना क्षेत्रफलमा निर्माण भएको छ भने यसमा करिब १० करोड लगानी भएको छ ।

११ महिनामा १४% ले बढ्यो घरजग्गा कारोबार, तर राजश्व घट्यो

'एक्सचेञ्‍ज अफर'ले बढाउँदै घरजग्गा कारोबार

चितवनमा पनि खुल्ने भयो भिभान्ता होटेल

काठमाडौंको पुरानो शहरी क्षेत्रमा जमिनमुनि एक तला र अन्य क्षेत्रमा दुई तलासम्म बेसमेन्ट बनाउन पाइने

चितवनको दियालो दरबार वैशाखदेखि सबैका लागि खुल्ला गरिने

नेपालमा ४२ प्रतिशत घर भूकम्पयता निर्माण, ८६ प्रतिशत परिवारको आफ्नै घर

शहरी विज्ञको नजरमा परेका १० व्यवस्थित र सुन्दर शहरहरु

शहरी विज्ञको नजरमा परेका दर्जन व्यवस्थित र सुन्दर शहरहरु

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल