दुबईमा बन्दैछ विश्‍वकै अग्लाे अपार्टमेन्ट, १०० तले भवनकाे डिजाइन अनवरण

विश्वकै व्यस्त बिजनेश हबका रुपमा उदाइरहेको दुबईमा यसअघि नै विश्वको सबैभन्दा अग्लो भवन 'ब्रुज खलिफा' र सबैभन्दा ठूलो सपिङ सेन्टर 'द दुबई मल' सञ्चालनमा आइसकेको छ ।

367B408218B985F-icon.png
962views
F642CBAF6A1957E-Dubai-Apartment--2-final.jpg

दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्‍वकै सबैभन्दा अग्लो आवासीय भवन बन्‍ने भएको छ । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्‍वकै अग्लो भवन बन्‍ने सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् ।

युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता जेकब एण्डले भवन निर्माण गर्न लागेका हुन् । दुवै कम्पनीले हालै उक्त गगन चुम्बी संरचनाको डिजाइन अनावरण गरे । अनावरणका क्रममा संसारभरबाट लगभग १२ हजार अतिथिले भ्रमण गरेका थिए ।

४७२ मिटर अग्लो भवनमा १०० तला हुनेछ । हाल विश्‍वकै अग्लो भवनको रेकर्ड कायम भएको म्यानहटनको ५७औं स्ट्रिटमा रहेको सेन्ट्रल पार्क टावरमा ९८ तला छन् । भवन दुबईको बिजनेस वेको मुटुमा हुनेछ ।

भवनको माथिल्लो भागमा स्पाइरहरू हुनेछ । भवनभित्र चालक, निजी शेफ, स्वीमिङ पुल र लाउन्ज क्षेत्रको सुविधासहितको विशेष निजी क्लब पनि रहनेछ ।

‘माथिल्लो तलामा निकै विलासी र विशेष पेन्टहाउसहरू निर्माण गरिनेछ । भवन सञ्‍चालनको मिति भने घोषणा हुन बाँकी छ ।

विश्‍वकै व्यस्त बिजनेश हबका रुपमा उदाइरहेको दुबईमा यसअघि नै विश्‍वको सबैभन्दा अग्लो भवन 'ब्रुज खलिफा' र सबैभन्दा ठूलो सपिङ सेन्टर 'द दुबई मल' सञ्‍चालनमा आइसकेको छ ।

११ महिनामा १४% ले बढ्यो घरजग्गा कारोबार, तर राजश्व घट्यो

'एक्सचेञ्‍ज अफर'ले बढाउँदै घरजग्गा कारोबार

चितवनमा पनि खुल्ने भयो भिभान्ता होटेल

काठमाडौंको पुरानो शहरी क्षेत्रमा जमिनमुनि एक तला र अन्य क्षेत्रमा दुई तलासम्म बेसमेन्ट बनाउन पाइने

चितवनको दियालो दरबार वैशाखदेखि सबैका लागि खुल्ला गरिने

नेपालमा ४२ प्रतिशत घर भूकम्पयता निर्माण, ८६ प्रतिशत परिवारको आफ्नै घर

शहरी विज्ञको नजरमा परेका १० व्यवस्थित र सुन्दर शहरहरु

शहरी विज्ञको नजरमा परेका दर्जन व्यवस्थित र सुन्दर शहरहरु

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल