नवलपरासीको देउचुलीमा ‘बिटुमिन’ उद्योग खुल्दै, १४ करोड लगानी

नेपालमा प्रशोधन हुने विटुमिनले यहाँको मागको ५ प्रतिशतजति धान्ने निर्माण व्यवसायीको भनाइ छ ।

367B408218B985F-icon.png
7537views
D48982039ACA251-Road-Kalopatre.jpg

काठमाडौं । पक्की (कालोत्रे) सडक निर्माण तथा विमानस्थलहरुको धावनमार्ग कालोपत्रे गर्नका लागि नभई नहुने ‘बिटुमिन’ अर्थात् अलकत्र उद्योग खुल्ने भएको छ । नवलपरासी जिल्लाको देउचुली नगरपालिका वडा नम्बर १३ मा बिटुमिन उद्योग खुल्न लागेको हो ।

देउचुलीमा बिटुमिन उद्योग खोल्न १ मंसिरमा बिटुमिन सप्लायर्स प्रालि कम्पनी उद्योग विभागमा दर्ता भएको छ । यो उद्योगबाट वार्षिक दुई हजार मेट्रिक टन बिटुमिन उत्पादन हुने बताइएको छ ।

यस उद्योगमा १४ करोड रुपैयाँ कुल पुँजी लगानी हुनेछ, जसमध्ये १० करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी र तीन करोड ८५ लाख रुपैयाँ चालु पुँजी हुनेछ ।

यो उद्योग सञ्चालनमा आउँदा २४ जनाले रोजगारी पाउने उल्ले छ । यो उद्योग सञ्चालनका लागि एक सय केभीए लाइनको बिजुली आवश्यक पर्नेछ ।

आयातमै भर

नेपालमा सरकारी लगानमिा विटुमिन एन्ड ब्यारेल नामक उद्योग सञ्‍चालनमा थियो । तर, ०४८ को उदारीकरणसँगै सो उद्योग निजीकरण भइसकेको छ । अहिले नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग व्यवसायिक घराना पञ्‍चकन्या समूहले सञ्‍चालन गरिरहेको छ ।

यो उद्योग पूँजी बजारमा समेत सुचिकृत रहेको छ ।

तर, सञ्‍चालनमा रहेको एउटा उद्योगले समग्र बजार माग भने धान्‍न सक्दैन । त्यसैले बिटुमिन विदेशबाटै आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

नेपालमा प्रशोधन हुने विटुमिनले यहाँको मागको ५ प्रतिशतजति धान्‍ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाई छ ।

नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योगले पोलिमर बिटुमिन उत्पादन गरी उत्पादन विविधिकरण तथा अन्य बिटुमिन उत्पादन गर्न अध्ययन गरिरहेको छ ।

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम आगडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

आँबुखैरेनीको मर्स्याङ्दी जलासयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ?

ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?

रियल इस्टेटबाट बनेका संसारकै धनाढ्यहरु

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल