उपत्यकाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम

काठमाडौँ उपत्यका विकास प्राधिकरणले भने उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरलाई हेर्दै आइरहेको छ ।

367B408218B985F-icon.png
3455views
F6AA50DADCEB096-Kathmandu-valley.jpg

काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरण (केभिडिए) उपत्यकाभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचनाहरु हटाउन आक्रमक बनेको छ ।

प्राधिकरणले सार्वजनिक सूचनामार्फत काठमाडौं उपत्यकाभित्र सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन निर्देशन गरेको हो ।

काठमाडौं महानगरका मेयर बालेन शाहले अनधिकृत संरचनाहरु हटाउने अभियान चलाएपछि प्राधिकरण पनि त्यस्ता संरचना हटाउन कस्सिएको हो । अन्डरग्राउन्ड पार्किङ बनाउने बाटोका पार्किङ हटाउनेदेखि अनुमति नलिइ निर्माण गरिएका संरचनाहरु हटाउने अभियान चलाएका शाहले पछिल्लो समय थापाथलीस्थित बागमती किनारमा अनधिकृत रुपमा बसेको सुकम्बासी बस्ती हटाउन कस्सिएर लागेका छन् ।

अनधिकृत संरचनाहरु ३५ दिनभित्र नहटाएमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरण आफैले हटाउने र हटाउँदा वा भत्काउँदा लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

उपत्यकाका नगरहरुको पुनर्निर्माण, विकास र विस्तारमार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०५४ ले आधारभूत मापदण्ड तय गरेको छ । सोही मापदण्डका आधारमा अनधिकृत संरचना हटटाउन प्राधिकरणले अल्टिमेटम दिएको हो ।

काठमाडौं उपत्यकाका सडक, खोला किनार, पार्क, ऐलानी तथा सरकारी जग्गा मिचेर अनधिकृत संरचना बनाउने क्रम बढ्दो छ । पछिल्लो समय स्थानीय तहसँगै प्राधिकरण पनि त्यस्ता अनधिकृत संरचना हटाउन कस्सिएको हो ।

यसअघि २४ असोजमा प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरेर उपत्यकाभित्र सार्वजनिक रुपमा प्रयोग भइरहेका भवन तथा जग्गाको नाप नक्सालगायत कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामुहिक आवास, सम्पूर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्थालगायत सार्वजनिक प्रयोग भइरहेका भवनका धनीहरुले नाप नक्सालगायत कागजात प्राधिकरणलाई बुझान निर्देशन दिइएको थियो । 

उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ शहरीकरणको विषयमा मापदण्ड तय गर्ने र त्यसको कार्यान्वयन भए नभएको विषयमा निरीक्षण गर्ने, निषेध गर्ने र नियन्त्रण समेत गर्ने अधिकार प्राधिकरणलाई छ ।

सोही अधिकारलाई प्रयोग गरेर सार्वजनिक भवनहरु र जग्गाको नाप नक्सा लगायत कागजात प्राधिकरणले मागेको हो ।

प्राधिकरणले भने उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरलाई हेर्दै आइरहेको छ ।
 

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम आगडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

आँबुखैरेनीको मर्स्याङ्दी जलासयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ?

ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?

रियल इस्टेटबाट बनेका संसारकै धनाढ्यहरु

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

71DCB519601F218-unnamed (1).png

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

4AD97C431B6596F-Tea-state.jpg

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

7CA53A70C144E92-Property-Expo-2017.jpg

बिहीबारदेखि सुरु हुँदैछ घरजग्गा मेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने तय