Unit Converter
EMI Calculator

डन्डी बनाउने बिलेटको आयात ६५% ले घट्यो, निर्माण सुस्ताउनु मुख्य कारण

  

430543F6A551A92-Ms-Billet-final.jpg

काठमाडौं । आर्थिक मन्दीका कारण सिंगो निर्माण क्षेत्र नै सुस्ताउँदा निर्माणजन्य उद्योगहरु संकटमा पुगेका छन् । सिमेन्ट, डन्डी, वायर, इँटा भट्टादेखि क्रसर उद्योगसम्म मन्दीको चपेटामा परेका छन् ।

बजारमा टिएमटी डन्डीको माग घटेपछि एमएस बिलेटको आयात ६५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नेपालमा रोलिङ मिलहरुले बिलेट पेलेर टिएमटी डन्डी बनाउने गर्छन् ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो सात महिनामा एमएस वायर रड, कोइल्स, बारलगायत निर्माण सामाग्रीको आयात पनि स्वात्तै घटेको छ । सात महिनाको अवधिमा वायर रड, कोइल्स, बारको आयात ८१ प्रतिशतले घटेको छ ।

चालु आवको साउनदेखि माघसम्म १० अर्ब ४९ करोड रुपैयाँ बराबरको एमएस बिलेट आयात भएको छ । जबकी, गत आवको सोही अवधिमा २९ अर्ब ८७ करोड र आव ०७७/७८ को पहिलो सात महिनामा ३८ अर्ब १४ करोड रुपैयाँको बिलेट आयात भएको थियो ।

नेपालमा सञ्‍‍चालित रोलिङ मिलले भारतबाट तयारी बिलेट आयात गरेर टिएमटी डन्डी बनाउँदै आएका छन् । तर, पछिल्लो समय देशभित्रै ठूलो लगानीका बिलेट उद्योग पनि खुल्न थालेका छ । भारतलगायत देशबाट स्पञ्‍ज आइरन, आइरन ओर, स्क्र्याप आयात गरेर बिलेट उत्पादन हुन थालेको हो ।

स्वदेशमै बिलेट उत्पादन हुन थालेपछि भारतबाट हुने आयात घटाउन धेरथोर योगदान होला । तर, यति धेरै गिरावट आउनुमा निर्माण क्षेत्र सुस्ताउनु मुख्य कारण रहेको छ ।

पछिल्लो समय बिलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ स्पञ्‍ज आइरन, आइरोन ओरको आयात बढ्न थालेको छ । कच्चा फलामलाई १६ सय डिग्रीको भट्टीमा हालेर पगाली बिलेट बनाइन्छ ।

निर्माण सुस्त

तरलता अभाव र चर्को ब्याजदरका कारण निजी क्षेत्रबाट हुने निर्माण करिव ठप्प छ । व्यक्तिगत घर, हाउजिङ, अपार्टमेन्टदेखि कमर्शियल भवन निर्माणसम्म प्रभावित भएको छ ।

व्यक्तिगत घर-भवन बनाउन नक्सा पास गर्नेको संख्यामा व्यापक गिरावट आएको पालिकाको तथ्यांकले देखाउँछ । यस्तै, निजी तथा सरकारी लगानीका विकास आयोजनाहरुको काम पनि सुस्ताएको छ । पछिल्लो समय राजश्‍व घट्दा सरकारको चालु खर्च चलाउन पनि ऋण लिनुपर्ने अवस्था सिर्जना भएको छ ।

तत्कालै तरलता सहज र चर्को ब्याजदर नघट्दासम्म निर्माण क्षेत्र जुर्मराउन सम्भव देखिएको छ । चर्को ब्याजदरका विरुद्ध सडकमै उत्रिएका व्यवसायीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एकल बिन्दूमा झार्ने आश्वासन दिएर थमथमाएका छन् । 

तर, प्रधानमन्त्रीले भनेजस्तै तत्काल कर्जाको ब्याजदर एकल बिन्दूमा झर्ने सम्भवना देखिदैन ।

निर्माण सुस्ताउँदा डन्डी र सिमेन्ट उद्योग आधाभन्दा कम क्षमतामा सञ्‍चालन भइरहेका छन् । कतिपय डन्डी उद्योग बन्द नै भइसकेका छन् भने कतिपय सिमेन्ट उद्योग पनि बन्द हुने अवस्थामा पुगेको बताइन्छ ।

अन्य निर्माण सामाग्री आयातमा पनि गिरावट

चालु आवको सात महिनामा २ अर्ब ४६ करोड रुपैयाँको मात्रै एमएस वायर रड, बार, कोइल्सलगायत आयात भएको देखिन्छ । जबकी, गत वर्षको यसै अवधिमा १३ अर्ब र ०७७/७८ को यसै अवधिमा ९ अर्ब ७८ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

पछिल्लो समय पाइप एन्ड फिटिङ्सको आयात २०.३ प्रतिशत र प्लास्टिक सामाग्रीको आयात १५.४ प्रतिशलते घटेको छ । 

आल्मुनियम बार, रड, प्रोफाइल्स, फोइल ११ प्रतिशतले बढेर ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत वर्षको यसै अवधिमा ४ अर्ब १९ करोड रुपैयाँ बराबरको आयात भएको थियो । 

मधेश प्रदेशकै पहिलो पाँचतारे बन्यो ‘होटल इच्छा’, डेढ अर्ब लगानी

काभ्रेमा खुल्दैछ ३८ करोड लगानीमा टफन्ड सिसा उद्योग

कोभिडपछि खुले भाटभटेनीका ८ वटा नयाँ स्टोर, देशभर २४ ठाउँमा फैलियो

किन बढ्दैछ बसाइँ सराइ ? यी हुन् १० कारण

बजेटको अभावले काभ्रेमा नमुना एकीकृत बस्ती निर्माण अलपत्र

नेपालमा ३८ प्रतिशत परिवार सिमेन्टको ढलान घरमा बस्छन्, ८६ प्रतिशतको आफ्नै घर

नेपालमा साढे ७५ लाख घरमध्ये पौने पाँच लाख खाली ! किन खाली हुँदैछन् ?

नगरपालिकामा बस्‍ने जनसंख्या ६६.१७ प्रतिशत

7B5A585D1F22384-Kavre-final.jpg

बजेटको अभावले काभ्रेमा नमुना एकीकृत बस्ती निर्माण अलपत्र

7E235D6FD21B1B8-kathmandu.jpg

नेपालमा ३८ प्रतिशत परिवार सिमेन्टको ढलान घरमा बस्छन्, ८६ प्रतिशतको आफ्नै घर

B7A993722987471-226EB566D28EBE6-dandakharka-gaun.jpg

नेपालमा साढे ७५ लाख घरमध्ये पौने पाँच लाख खाली ! किन खाली हुँदैछन् ?