पोखरा इको रेड ब्रिक्सले थाल्यो प्वाल भएको इँटा उत्पादन

  

367B408218B985F-icon.png
223views
87B60B3D4D00F1F-3.jpg

काठमाडौं । पोखरा इको रेड ब्रिक्स प्रालिले हलो ब्रिक (प्वाल भएको इँटा) को उत्पादन थालेको छ । 

यसअघि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इँटा उत्पादन थालेको कम्पनीले कास्कीको पोखरास्थित पोल्याङबाटै प्वाल भएको (हलो व्रिक) को उत्पादन थालेको हो ।

भट्टाबाट इँटा उत्पादन गर्दा वातावरणमा प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँदै आइरहेको बेलामा कम्पनीले चाइनिज इँटा उत्पादन थालेको थियो ।

पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने सामान्य इँटाको सट्टा हलो ब्रिक आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो रहेको बताए ।

‘बलियो र सस्तो घर निर्माण गर्नका लागि हलो ब्रिक प्रविधि निकै उपयोगी हुन्छ’ उनले भने, ‘यो प्रविधि ऊर्जा किफायती पनि छ ।’ त्यसैले पनि यो प्रविधिको विकास र विस्तारमा जोड दिनुपर्ने उनको धारणा छ । 

इन्जिनियर दुवालले देशैभरि १५ प्रतिशत हलो ब्रिक्सको प्रयोगले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने दाबी गर्छन् । हाल नेपालमा १३ सय ५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेसिएको उनको भनाई छ । 

यस्तो इँटामा इन्सुलेसन हुने हुँदा घर बाहिरको तापक्रम धेरै हुँदा पनि भित्र चिसो राख्‍न र बाहिर चिसो हुँदा घरभित्रको तापक्रम सन्तुलित राख्‍न मद्दत पुग्‍ने दुवालले दाबी गरे । उनले थपे, ‘यस्तो इँटाको तौल हल्का हुँदा घरको भार पनि कम हुन्छ ।’

यसमा फलामे डण्डीको प्रयोग धेरै नहुने हुँदा घर निर्माण गर्दा लाग्ने लागत पनि कम हुनुको साथै यसमा माटोको प्रयोग कम हुँदा कोइलाको खपत पनि स्वतः कम हुँदा भट्टाबाट हुने प्रदूषण पनि कम हुन्छ । 

कम्पनीको आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इँटाको उत्पादन थालेको हो । 

नेपालमा माटो र कंक्रिटका विभिन्‍न प्रकारका इँटा उपलब्ध छन् । पछिल्लो समय एएसी इँटा/ब्लक पनि प्रयोगमा छ । 

स्वदेशी सिमेन्टको खपत बढाउन सडक निर्माणमा ढलान प्रविधि अवलम्बन गरिने

नयाँ शहर निर्माण र शहरी पूर्वाधार विकास गर्न साढे ११ अर्ब बजेट बिनियोजन

जग्गाको कित्ताकाट फुकुवा गर्ने बजेटमा घोषणा, मूल्यांकनमा कडाई गर्ने संकेत

अर्थमन्त्री प्रकाशशरण महतले ल्याए १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट

आर्थिक सर्वेक्षण भन्छ– देशभर ४४ नयाँ सहरको पूर्वाधार निर्माण सुरु भइसक्यो

जनता आवास कार्यक्रमः साढे १९ हजार आवास इकाइ निर्माणको चरणमा

भैंसेपाटीमा मन्त्री निवास ९० प्रतिशत निर्माण सम्पन्‍न

धरहराभन्दा अग्लो बनाइँदै 'काठमाडौं भ्यु टावर', १४ तला थपेर २६ तले बनाउने तयारी

4EE70C42ADE4ACB-A0499E83793F370-B4CA8CA234015E1-0B842BEAA60CC3B-mantri-niwash-1000x477.jpg

भैंसेपाटीमा मन्त्री निवास ९० प्रतिशत निर्माण सम्पन्‍न

420D6F20448D1BF-KTM-view-tower-final.jpg

धरहराभन्दा अग्लो बनाइँदै 'काठमाडौं भ्यु टावर', १४ तला थपेर २६ तले बनाउने तयारी

689645096DA781F-Sangrilla-Apartmetn-final.jpg

कुपण्डोलमा एउटै फ्ल्याटको साढे १३ करोड पर्ने लक्जरी अपार्टमेन्ट बन्दै