फेरी घट्यो घरजग्गा कारोबार, असारमा ६ महिनायताकै कम कारोबार

अघिल्लो महिना जेठको तुलनामा असार महिनामा घरजग्गाको लिखत पारित साढे १६ हजारले घटेको देखिन्छ ।

367B408218B985F-icon.png
667views
D0EF4D09951B449-Dija-Gaun-baglung-1024x768.jpg

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा बढिरहेको उत्साह लामो समय टिक्न सकेन । गत आर्थिक वर्षको अन्तिम महिना असारमा फेरी घरजग्गा किनबेच निरासाजनक रहेको छ ।

असारमा पछिल्लो ६ महिनायताकै कम घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार असारमा देशभरीका मालपोत कार्यालयबाट ४४ हजार ५७१ घरजग्गाको लिखत पारित भएका छन् ।

यसअघि यो भन्दा कम कारोबार मंसिरमा ४१ हजार ८५७ युनिट भएको  थिए । कार्तिकमा २६ हजार ४६ घरजग्गाको लिखत पारित भएको तथ्यांक छ । त्यसयता निरन्तर बढिरहेको घरजग्गा कारोबारमा असार महिनामा ब्रेक लागेको हो ।

पुसमा ४६ हजार ३०, माघामा ५० हजार ९२१, फागुनमा ५० हजार ९९८, चैतमा ५० हजार २५२, वैशाखमा ४९ हजार ७८२ र जेठमा ६१ हजार १६१ घरजग्गाको लिखत पारित भएको थियो ।

अघिल्लो महिना जेठको तुलनामा असार महिनामा घरजग्गाको लिखत पारित साढे १६ हजारले घटेको देखिन्छ ।

असारमा सबैभन्दा धेरै घरजग्गाको लिखत पारित गर्नेमा सुनसरीको इनरुवा मालपोत कार्यालय पहिलो नम्बरमा रहेको छ । असारमा इनरुवा मालपोतबाट २ हजार १ सय घरजग्गाको लिखत पारित भएको देखिन्छ ।

यस्तै, जनकपुर मालपोतबाट १८ सय १, भद्रपुरबाट १५ सय ७९, बेलवारीबाट १३ सय ८३, राजविराजबाट १३ सय ८, भक्तपुरबाट १२ सय १६, पर्साबाट १२ सय ४, लगनखेलबाट ११ सय २९, कलैयाबाट ११ सय २५ लिखत पारित भएका छन् । 

घरजग्गा कारोबार घटे पनि राजश्व संकलन भने बढेको छ । असारमा देशभरीका मालपोत कार्यालयबाट पाँच अर्ब २ करोड ३६ लाख रुपैयाँ राजश्व संकलन भएको भूमि विभागले जनाएको छ ।

यसघि जेठ महिनामा चार अर्ब ३४ करोड, वैशाखमा तीन अर्ब ८६ करोड, चैतमा तीन अर्ब ९४ करोड, फागुनमा तीन अर्ब ५९ करोड, माघमा तीन अर्ब ३८ करोड रुपैयाँ राजश्‍व संकलन भएको थियो ।

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

चैतमा घरजग्गासँगै कित्ताकाट पनि बढ्यो, के अब नयाँ वर्षदेखि लय समाउला ?

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत

भक्तपुरमा खुल्ने भयो हाइ एन्ड रिसोर्ट 'स्वनिगः', पौने पाँच अर्बमा लक्जरी प्रोपर्टी निर्माण सुरु

नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्‍यो 'सिद्धार्थ होटेल चितवन'

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं

पहिलो घरकर्जा लिनेलाई निश्चित अवधिसम्म स्थिर ब्याजदर दिन खनाल आयोगको सुझाव

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

F3BEEF298868AC7-IMG_2722.jpeg

भूकम्पले चर्किएको मालपोत भवनबाट एक अर्ब राजस्व उठाउँछन् कर्मचारी