ठमेलमा ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’

नेपालमा चल्तीका रेस्टुरेन्टमा समेत थाली सेटमा विकल्प खासै छैनन् । तर, गोल्डेन थालीमा मास, मुसुरो, बोडी, सिमी र मिक्स दाल कुन खाने हो छनोट गर्न पाइन्छ ।

367B408218B985F-icon.png
627views
543D606D67D45B4-Golden-Thali.jpg

काठमाडौँ । पर्यटकीय क्षेत्र ठमेलस्थित ठमेल इको रिसोर्ट परिसरमा ‘द गोल्डेन थाली’ सुरू भएको छ । लामो समय पर्यटन र सेवा उद्योमा क्रियाशील राजन सिंखडा र मोहन लम्सालको अग्रसरता र शेफ नेपाल टिमको परिकल्पनामा ठेट नेपाली स्वाद पस्कने उद्देश्यका साथ ‘द गोल्डेन थाली’ सुरु गरिएको हो । 

नेपालको मध्य पहाडी क्षेत्रको खानालाई प्रवद्र्धन तथा प्रचारप्रचार गर्ने तथा सम्पूर्ण नेपाललाई प्रतिनिधित्व गर्ने गरी थाली तयार गरिएको ठमेल इको रिसोर्टका सञ्चालकद्वय राजन सिम्खडा तथा मोहन लम्सालले बताए । सिम्खडा नेपाली खानाको आधार नै अचार भएको बताउँछन् ।

सिलौटोमा पिनेको चट्नी, गालेको अचार, पकाएको ताजा अचारलगायत स्वाद गोल्डन थालीमा पाइने उनले बताए । थालीका लागि आवश्यक मसला सिलौटोमै पिनेर ठेट नेपाली स्वाद दिने कोसिस गरिएको छ । 

गोल्डेन थालीमा मासुका परिकारसहित विभिन्न १५ परिकार समावेश गरिएको छ । नेपालमा चल्तीका रेस्टुरेन्टमा समेत थाली सेटमा विकल्प खासै छैनन् । अर्थात् थाली अर्डर गरेपछि जे आउँछ त्यही खानुपर्छ । तर गोल्डेन थालीमा कतिपय परिकारमा विकल्प छन् । मास, मुसुरो, बोडी, सिमी र मिक्स दाल कुन खाने हो छनोट गर्न पाइन्छ । 

ढिँडोमा पनि मकै, गहुँ, कोदो र फापरको विकल्प छ । ग्राहकले भातमा मार्सी, ताइचिन, बासमती र जिरा मसिनोमध्ये रोज्न पाउने गरी मेनु तयार पारिएको छ । यस्तै गोल्डन थालीमा तरकारीका परिकारमा तिउन अर्थात् झोल तरकारी, मौसमअनुसार तरकारीको लेदोबेदो (ग्रेभी तरकारी), सुक्खा तरकारी मौसमअनुसार साग उपलब्ध गराइन्छ । 

यहाँ एकै पटकमा एक सयभन्दा बढीलाई सेवा दिन सक्ने क्षमता छ । हाल बिहान ११ बजेदेखि राति १० बजेसम्म शान्त वातावरणमा गाउँले परिकारको स्वाद लिन सकिने सिम्खडा बताउँछन् । ‘द गोल्डेन थाली’को शाकाहारी भोजनका लागि पाँच सय ५० रुपैयाँ छ भने मासुसहितको थालीका लागि अतिरिक्त शुल्क लाग्नेछ । 

‘द गोल्डेन थाली’का साथै ‘ठमेल इको रिसोर्ट’ परिसरमा २० रुपैयाँको चियादेखि महंगा मानिने अर्थोडक्स चिया समेत पाइने टिफ्रेशोको आउटलेट, नेपाली कफीका उत्पादन, विभिन्न्न पेय पदार्थ बिक्री हुने ‘नेपाली तपास बार’लगायत खानपिनका सेवा उपलब्ध छन् । यस क्षेत्रलाई नेपाली पाक–अनुभव बोटल्न सकिने स्थानका रुपमा विकास गर्दै जाने द गोल्डेन थालीका सिइओ अनु ढकालले बताइन् ।

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा