कुश्माको द क्लिफमा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ को सफल परिक्षण

मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ, जसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिनेछ

367B408218B985F-icon.png
238views
217F7C1B7D2CC52-मेगाट्रोल side view.jpeg

काठमाडौं । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने भएको छ । दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ ।

यसमा  एकै पटकमा तीन जनासम्म खेल्न सकिने बताइएको छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।  उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ ।

'द क्लिफले विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काइ साइकलिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधासम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराउँदै आइरहेको छ,' अध्यक्ष कार्कीले भने, ‘अब साहसीय गतिविधि रुचाउने पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागिएको छ ।'

मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ । यसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिने कार्कीको भनाइ छ । उनले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल करिब दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ , हाल यसको परीक्षण भइरहेको छ ।'

कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिन्छ । कार्कीले थपे, यहाँ पर्यटकका लागि थप सुविधा उपलब्ध गराउन पाएकामा निकै खुसी लागेको छ, यसले पर्यटनसँगै आर्थिक र सामाजिक विकासमा थप भूमिका निर्वाह गर्ने हाम्रो अपेक्षा छ '

सङ्गीत, संस्कृति र प्रकृतिले चिनिएको बेनी बजार

सिटिजन्स बैंकबाट ७.९९% स्थिर ब्याजदरमा घरकर्जा पाइने

मंसिरमा रियल इस्टेट कर्जामा बढोत्तरी

सात करोडको काठ वन कार्यालयमै कुहिँदै

टीकापुर जग्गा प्रकरण: अध्यक्ष जोशीसहित ८७ जना दोषी ठहर

अमेरिकामा भिषण डढेलोले २५ हजारभन्दा बढी घर तथा भवनहरु जलेर नष्ट

पोखरामा खुल्यो ‘धुँवा सेतो र इँटा रातो’ बनाउने वातावणमैत्री इँटाभट्टा

कुश्माको द क्लिफमा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ को सफल परिक्षण

5A6F53E8DF8ED9C-1726373707-N4NeI.jpg

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा