इमाडोल क्षेत्रमा सबैभन्दा धेरै घरजग्गा बिक्रीका लागि लिस्टिङ, यी हुन् नौ हटस्पट

आज तपाइँलाई उपत्यकाका त्यस्ता १० प्रमुख स्थानहरुको बारेमा जानकारी गराउँदै छौं, जहाँ बसोबासका लागि मान्छेको बढी अभिची देखिएको छ ।

367B408218B985F-icon.png
487views
B8385DC6C19C4AA-DCF45904618498D-ET2M8zEUEAApTOB.jpeg

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्र घरजग्गा कारोबारमा उपत्यकाकै उम्दा हटस्पट बनेको छ । पछिल्लो समय इमाडोल क्षेत्रमा सबैभन्दा धेरै घरजग्गा किनबेच भइरहेको तथ्यांकले नै देखाउँछ । 

रियल इस्टेट अनलाइन प्लेटफर्महरु चहार्दा इमाडोल क्षेत्रमै सबैभन्दा धेरै घरजग्गा बिक्रीका लागि लिस्टिङ गरिएको देखिन्छ । आज तपाइँलाई उपत्यकाका त्यस्ता १० प्रमुख स्थानहरुको बारेमा जानकारी गराउँदै छौं, जहाँ बसोबासका लागि मान्छेको बढी अभिची देखिएको छ । 

रियल इस्टेटको पायोनियर अनलाइन प्लेटफर्म ‘नेपालहोम्स डटकम’मा लिस्टिङ भएका घरजग्गाको आधारमा हामीले प्रमुख १० स्थान छुट्याएका छौं । जुन ठाउँमा सबैभन्दा धेरै प्रोपर्टी बिक्रीका लागि सूचीकृत भइरहेका छन्, ती स्थानहरुको बारेमा जानकारी गराउन गइरहेका छौं । 

१) इमाडोल, ललितपुर
इमाडोल उपत्यकाकै सबैभन्दा बढी घरजग्गा किनबेच हुने क्षेत्रमा दहरिँदैछ । अहिले इमाडोल क्षेत्र आवासीय घरहरुले भरिँदै छ । बस्ती बाक्लिदै गएसँगै इमाडोल क्षेत्र घरजग्गा कारोबारका लागि उपत्यकाकै ‘इमर्जिङ हटस्पट’ बनेको छ ।

पछिल्लो समय इमाडोल क्षेत्रमा घरजग्गा खरिद बिक्रीको चाप देखिन्छ । नेपालहोम्स डटकममा इमाडोल क्षेत्रबाट ६२८ वटा घरजग्गा बिक्रीको लागि सूचीकृत छन् । रिङरोडबाट नजिक, यातायातको सहज पहुँच र अन्य क्षेत्रको तुलनामा केही सस्तोमा घरजग्गा पाइने हुँदा पनि इमाडोल क्षेत्रमा आकर्षण देखिएको हो । इमाडोल क्षेत्र निम्नमध्यम र मध्यम वर्गिय परिवारहरुहरुको बसोबासका लागि चर्चित मानिन्छ । 

२) भैंसेपाटी, ललितपुर 
ललितपुरको भैंसेपाटीमा धेरै घरजग्गा बिक्रीका लागि लिस्टिङ हुने गरेका छन् । उक्त क्षेत्र रियल स्टेटको हटस्पट नै हो । संघीय मन्त्री, प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री, ठूला नेता, व्यवसायी तथा सरकारका उच्चपदस्थ कर्मचारी बसोबास गर्ने भैंसेपाटी भीआईपी आवासीय क्षेत्रका रुपमा परिचित छ । जसकारण मूल्य पनि अचाक्ली चर्को छ । 

सहरी कोलाहलबाट केहि पर रहेको भैसेपाटी शान्त र रमणीय भएकोले पनि आवासका लागि एकदमै उपयुक्त मानिन्छ । मन्त्रीका क्वार्टर, अपार्टमेन्ट तथा हाउजिङ परियोजना, सुविधा सम्पन्न अस्पताल लगायतका सुविधा पनि सोही क्षेत्रमा छन् । 
अहिले भैसेपाटिमा आनाको ५० लाखभन्दा मुनिको जग्गा पाउनै मुश्किल पर्छ । त्यस क्षेत्रमा जग्गाको मूल्य आनाको डेढ करोडसम्म रहेको छ । नेपालहोम्स डटकममा भैंसेपाटी क्षेत्रबाट २९० घरजग्गा बिक्रीका लागि सूचीकृत छन् ।

३. बुढानिलकण्ठ, काठमाडौं
बुढानिलकण्ठ उपत्यकाभित्र एलिटहरुको आवासीय क्षेत्र भनेर चिनिन्छ । काठमाडौंको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको छ । शान्त र रमणीय वातावरण भएकोले पनि मानिसले बासोबासका लागि बुढानिलकण्ठ क्षेत्रलाई अत्यधिक रुचाएका हुन् । 

वरिष्ठ नेता, उच्चपदस्थ कर्मचारी, व्यापार, कुटनीतिक नियोगका अधिकारी लगायतका हाईप्रोफाइल प्रायः बुढानिलकण्ठ क्षेत्रमा बस्ने गरेको पाइन्छ । शिवपुरी जंगल, बुढानिलकण्ठ मन्दिर, मुहानपोखरी आदि त्यस क्षेत्रको आकर्षण हुन् । त्यस क्षेत्रमा प्रिमियम लक्जरी हाउजिङ तथा अपार्टमेन्टहरु निर्माण भएका छन् । 

सबैको रोजाईमा परेपछि त्यस क्षेत्रमा घरजग्गाको भाउ पनि छोइनसक्नु बढेको छ । अहिले बुढानिकलकण्ठको कुनामै पुग्दा पनि आनाको ४०÷५० लाखभन्दा कम मूल्यमा जग्गा भेटिदैन । नेपालहोम्समा त्यस क्षेत्रबाट २८९ वटा घरजग्गा बिक्रीका लागि सूचीकृत छन् ।

४) टिकाथली, ललितपुर
ललितपुरकै टिकाथली क्षेत्र घरजग्गा कारोबारको नयाँ हटस्पट बन्दै छ । त्यो क्षेत्रमा पनि घरजग्गाको उच्च कारोबार छ । नेपालहोम्समा टिकाथली क्षेत्रका ९९ वटा प्रोपर्टिहरु बिक्रीका लागि सूचीकृत छन् ।

५. हात्तिवन, ललितपुर
शहरी कोलाहलबाट केहि पर शान्त वातावरणमा रहेको हात्तिवन आवासको लागि एकदमै उचित क्षेत्रअन्तर्गत पर्छ । अहिले त्यहाँ बस्ती बाक्लिदै गएको छ । त्यस क्षेत्रमा सामुदायिक आवास तथा अपार्टमेन्टहरुको निर्माण बढेको पाइन्छ । सातदोबाटोदेखि गोदावरीसम्मको सडकखण्ड बिस्तारको काम धमाधम भइरहेको छ । यसले गर्दा पनि त्यस क्षेत्रमा जग्गामा लगानी गर्नेको संख्या बढ्दै गएको हो । 

हात्तिवन आसपासमा अहिले जग्गाको मूल्य प्रतिआना ४०÷४५ लाखभन्दा माथि छ । नेपालहोम्स डटकममा हात्तिवन क्षेत्रका ११८ घर बिक्रीका लागि लिस्टिङ भएका छन् । 

६) बालुवाटार, काठमाडौं
बालुवाटार एकदमै महँगो र भिआईपी एरिया हो । प्रधानमन्त्री निवास, विभिन्न राष्ट्रका राजदुतावास रहेकोले यस क्षेत्रमा स्थानीय बाहेक ठूलो आम्दानी भएका उच्चवर्गका मानिस बस्दै आइरहेका छन् । अपार्टमेन्ट र हाउजिङको उल्लेख्य निर्माण भएको यस क्षेत्रमा विदेशी कुटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारीहरुको बसोबास रहेको छ । 

त्यस क्षेत्रमा घर तथा अपार्टमेन्ट भाडामा लिएर बस्नेको संख्या बढि रहेको पाइन्छ । त्यस क्षेत्रमा घडेरी किनेर घर बनाउन जो कोहिले आट गर्नै सक्दैन । बालुवाटार क्षेत्रमा जग्गाको मूल्य प्रतिआना करोड पर्न थालेको छ । नेपालहोम्स डटकममा त्यस क्षेत्रका ११३ घरजग्गा बिक्रीका लागि सूचिकृत भएका छन् । 

७) सितापाइला, काठमाडौं
हरियो वनजंलको काखमा रहेको सितापाइला क्षेत्र शान्त र स्वच्छ वातावरणले भरिपूर्ण हुनाले आवासको लागि अति उत्तम क्षेत्र हो । साझ बिहानको वाकको लागि प्रशस्त उचित ठाउँ भएकोले पनि अन्य क्षेत्रको तुलनामा यहाँको बसाई स्वस्थकर मान्न सकिन्छ । व्यवस्थित आवास परियोजनाको विकासले गर्दा पनि यस क्षेत्रमा घरजग्गा किन्नेको संख्या बढेको पाइन्छ । यस क्षेत्रमा जग्गाको औसत मूल्य प्रतिआना ३५ लाख रहेको छ । नेपालहोम्स डटकममा सितापाइला क्षेत्रबाट ११० घरजग्गा सूचीकृत छन् ।

८) महाराजगञ्ज, काठमाडौं
महाराजगञ्जमा भाडाको घरमा बस्ने मानिसको संख्या धेरै रहेको छ । यस क्षेत्रमा विभिन्न राष्ट्रका राजदुतावास र आइएनजीओ रहेकोले भाडामा घर लिएर बस्ने विदेशीहरु धेरै छन् । राजदुतावास, शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रपति निवास, प्रहरी अस्पताल, प्रहरी तालिम केन्द्र लगायतले गर्दा धेरै मानिसलाई महाराजगञ्ज बसाई सहज भएको हो । 

देशकै शक्ति केन्द्र भएकोले सो क्षेत्र सुविधा सम्पन्न र विकासशील भएको बताइन्छ । यसले गर्दा मानिसको आकर्षण पनि बढेको हुन सक्छ । महाराजगञ्जमा घर किनेर बस्ने भन्दा पनि भाडाको घर तथा अपार्टमेन्टमा बस्नेको संख्या बढि रहेका छन् ।  नेपालहोम्स डटकममा महाराजगञ्ज क्षेत्रबाट बिक्रीका लागि १०१ युनिट घरजग्गा सूचीकृत भएका छन् ।

९) सानेपा, ललितपुर
रिङरोडभित्र रहेको सबैभन्दा आकर्षक आवासीय क्षेत्रमा सानेपा पर्छ । उच्चवर्गका मानिस तथा विदेशी कुटनीतिक नियोगका कर्मचारीहरु बसोबास गर्ने सानेपामा ठूला र व्यवस्थित हाउजिङ तथा अपार्टमेन्टहरु बनेका छन् । 
उपत्यकाकै राम्रा स्कुलमध्ये अधिकांश त्यसै क्षेत्रमा पर्छन् । त्यसैले पनि यो ठाउँ प्रिमियम आवासीय क्षेत्र बनेको हो । यहाँ खाली जग्गा भेट्याउनै मुस्किल छ, खाली जग्गा भेटिइहाल्यो भने पनि निकै चर्को छ । नेपालहोम्समा सानेपा क्षेत्रमा रहेका १०० वटा प्रोपर्टिहरु बिक्रीका लागि सूचीकृत छन् ।

बढ्दै छ मूलथलो छाडी बसाइँ सर्नेको दर, बागमती प्रदेश पहिलो रोजाइमा

फ्ल्याटसँगै जग्गा हस्तान्तरण नहुँदा ७२ अपार्टमेन्टका १२ हजार घरधनी जग्गाको स्वामित्व बिहीन

औद्योगिक प्रतिष्ठानमा १४ घण्टा लोडसेडिङ भएपछि उद्योगीको आपत्ती

थाहा पाउनुहोस्, सुरक्षित पिलर सिस्टम र असुरक्षित पिलर सिस्टम

लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले विद्यूत महशुल बक्यौता

ठेट इटालियन स्वाद पस्कदै होटल मर्क्योर, नयाँ रेस्टुरेन्ट 'सोप्रा इटालियानो' सञ्‍चालनमा

भूकम्पले चर्किएको मालपोत भवनबाट एक अर्ब राजस्व उठाउँछन् कर्मचारी

एएसी ब्रिक्स उद्योग नौ पुगे, पाँच अर्ब लगानी

192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

फ्ल्याटसँगै जग्गा हस्तान्तरण नहुँदा ७२ अपार्टमेन्टका १२ हजार घरधनी जग्गाको स्वामित्व बिहीन

69D52073E93E717-263A0F732896932-orientalcolonykulehwor-750.jpg

कलंकी र कुलेश्वर क्षेत्रमा फेरी बढ्यो अपार्टमेन्ट किनबेच

A299C459E08D705-BCA878A5EFEA0C1-2B8F707A072233C-F13327BD3AC6BBC-B4B0F531F2F6C6B-kittakaat-final.jpg

धेरै कित्ताकाट हुने जिल्लामा झापा र मोरङ अगाडि, डोल्पामा न्यून