ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?

सबैभन्दा धेरै घरजग्गा कारोबार हुने मालपोतमा इनरुवा, बेलवारी र भद्रपुर अग्रस्थानमा

367B408218B985F-icon.png
1158views
80861E67EF7BAD6-1709616394-YJWs4.jpg

काठमाडौं । निरन्तर उकालो लागिरहेको घरजग्गा कारोबारमा फेरी ब्रेक लागेको छ । पछिल्लो दुई महिनायता घरजग्गा कारोबार बढ्न नसकेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ । 

०८० को अन्तिम महिना चैतमा देशभर ५० हजार २५२ घरजग्गाको लिखत पारित भएका छन् । यो संख्या अघिल्ला महिना माघ र फागुनको तुलनामा केही कम हो ।  

पुस महिनामा ४६ हजार ३० घरजग्गाको लिखत पारित भएकोमा माघमा बढेर ५० हजार ९२१ र फागुनमा ५० हजार ९९८ घरजग्गाको लिखत पारित भएको थियो । 
चैत महिनामा घरजग्गा किनबेच बढ्ने अपेक्षा विपरित उल्टै कारोबार घटेको घरजग्गा व्यवसायीहरु बताउँछन् । 

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता (लगानीयोग्य रकम) पर्याप्तता, घट्दो ब्याजदर, कर्जा प्रवाहमा सहजीकरण, कित्ताकाट खुल्ला, लगानीका अन्य क्षेत्रहरुमा संकुचन लगायत कारणबीच पनि चैतमा घरजग्गा कारोबार बढ्न सकेन । 

पछिल्लो समय बैंकले १० प्रतिशतभन्दा कम ब्याजदरमै घरकर्जा उपलब्ध गराउन थालेका छन् । 

चैतमा पनि सबैभन्दा धेरै घरजग्गा सुनसरीको इनरुवामा किनबेच भएका छन् । एक महिनाको अवधिमा इनरुवा मालपोतबाट दुई हजार ८२ घरजग्गाको लिखत पारित हुँदा झापाको भद्रपुर मालपोतबाट १८ सय ३५, मोरङको बेलवारी मालपोतबाट १७ सय ९९ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाउँछ ।

किनबेच घटेपनि राजश्व बढ्यो

चैतमा घरजग्गा किनबेच घटेपनि राजश्‍व संकलन भने बढेको छ । एक महिनामा देशभरबाट तीन अर्ब ९४ करोड ८१ लाख रुपैयाँ मालपोत राजश्‍व उठेको छ । 

अघिल्ला महिना फागुनमा तीन अर्ब ५९ करोड २६ लाख र माघमा तीन अर्ब ३७ करोड ५७ लाख रुपैयाँ राजश्‍व उठेको थियो । चैतमा पछिल्लो पाँच महिनायताकै उच्च राजश्‍व उठेको देखिन्छ ।

चैतमा रजिष्ट्रेसन दस्तुरवापत दुई अर्ब ४९ करोड १८ लाख रुपैयाँ, पुँजीगत लाभकरवापत एक अर्ब ४६ करोड ९१ लाख रुपैयाँ, सेवा शुल्कबाट ३१ करोड ५२ लाख रुपैयाँ उठेको छ ।

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

CBFB83388649FF5-download.jpeg

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

4E1B9CE7D39BA9E-434754304_10100998870976524_1233377876666275296_n.jpg

सरकारी तथ्यांक नै भन्छ– निर्माण र रियल इस्टेट क्षेत्र अझै मन्दीमै (चार्टसहित)

B16C398B6DE6E5C-nnn.jpg

११ महिनामा १४% ले बढ्यो घरजग्गा कारोबार, तर राजश्‍व घट्यो