AuctionLandPublished On: March 22, 2024

यस विकास बैंक लि. को शाखा कार्यालय जोरपाटीबाट उल्लेखित ऋणीले व्यावसायिक आवधिक कर्जा शिर्षकमा लिएको कर्जाको सावां, व्याज र अन्य दै- दस्तुर समेत तिर्ने बुझाउने सम्बन्धमा बैंकसंग गरेको शर्त कबुलियत उल्लंघन गर्नु भएको र बैंकबाट पटक पटक मौखिक तथा लिखित रुपमा तरताकेता गर्दा समेत सो कर्जाको तिर्नु बुझाउनु पर्ने सावां ब्याज तथा हर्जाना समेत चुक्ता भुक्तान गर्न आउने तर्फ कुनै चाँसो नदेखाउनु भएको र नआउनु भएकोले सम्पूर्ण कर्जा चुक्ता गर्न आउनु हुन भनी बैंकबाट विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशित गरिएता पनि कर्जा चुक्ता भुक्तान गर्न तर्फ कुनै पहल नगरी आलटाल गरेकोले बैंकको कर्जा असुलीको लागि तपशिलमा उल्लेखित धितो (सम्पत्ति) जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र प्रक्रियाद्वारा लिलाम बिक्री गरी बैंकको लेना रकम असुल उपर गर्नुपर्ने भएकोले धितो लिलाम बिक्री सम्बन्धी यो १५ (पन्ध्र) दिने सूचना प्रकाशित गरिएको छ । उक्त मिति भित्र नतिरे नबुझाएमा प्रचलित कानुन अनुसार सूचना प्रकाशित भएको मितिले १६ औं दिन यस
बैंकलाई लेखिदिएको धितो सुरक्षणमा रहेको तपशिलमा उल्लेखित सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने हुँदा इच्छुक महानुभावहरुले देहाय बमोजिमको शर्त तथा बन्देजहरुको अधिनमा रहने गरी यो सूचना प्रकाशित भएको मितिले १५ औ दिनको कार्यालय समय भित्र यस बैकको शाखा कार्यालयहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन सूचित गरिन्छ।

तपशिल

ऋणीको विवरणव्यक्तिगत धनजमानीकर्ताको विवरण

नाम : देलेग कलेक्सन प्रा. लि.

अख्तियार प्राप्त व्यक्ति : सोभा तामाङ्ग

दर्ता नं.: १९७७५४/०७५/०७६
दर्ता मिति : २०७५/०५/१८

दर्ता गर्ने कार्यालय : कम्पनी रजिष्ट्रारको कार्यालय नं. ८
त्रिपुरेश्वर, काठमाडौं

स्थायी लेखा नं.: ६०६६०६९५४

ठेगाना : काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ६
 

१. नाम : सोभा तामाङ्ग
बाबुको नाम: रबिन तामाङ्ग
बाजेको नाम: बिर बहादुर तामाङ्ग

स्थायी ठेगाना : उदयपुर जिल्ला कटारी न.पा. वडा नं. ८

हालको ठेगाना : काठमाडौं जिल्ला काठमाडौं म.न.पा. वडा नं. ६

ना.प्र. नं.: १४२०३६ / २०४६

जारी मिति र जिल्ला : २०७१/०२/२९, उदयपुर

व्यक्तिगत धनजमानीकर्ताको विवरण

२. नाम : पानु तामाङ

बाबुको नाम : मखु लाल तामाङ

पतिको नाम: रविन तामाङ

ससुराको नाम : बिर बहादुर तामाङ

स्थायी ठेगाना : उदयपुर जिल्ला कटारी गा.वि.स. वडा नं. ४

हालको ठेगाना : काठमाडौं जिल्ला काठमाडौं म. न. पा. वडा नं. ४

ना.प्र. नं.: ६३२२१

जारी मिति र जिल्ला : २०६०/०५/२१, उदयपुर

. नाम : गिता तामाङ्ग

बाबुको नाम : राम बहादुर तामाङ

पतिको नाम: किरण कुमार राई

ससुराको नाम : मुकुल सिं राई

स्थायी ठेगाना : उदयपुर जिल्ला कटारी न.पा. वडा
नं. ८

हालको ठेगाना : काठमाडौं जिल्ला काठमाडौं म. न. पा. वडा नं. ४

ना.प्र. नं.: १४२०३६ / ५९६७

जारी मिति र जिल्ला : २०७३/०१/२१, उदयपुर

यसअघि प्रकाशित गरिएको सूचनाको विवरण :

१. मिति २०८०/०७/१५ को नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामा कर्जा चुक्ता भुक्तानी गर्ने सम्बन्धी
३५ दिने सार्वजानिक सूचना प्रकाशित गरिएको ।
२. मिति २०८०/०९/१२ को अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकमा धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी
२१ दिने सार्वजानिक सूचना प्रकाशित गरिएको ।

धितो सुरक्षण सम्बन्धी विवरण : निम्न उल्लेखित घरजग्गा / जग्गा र सो ले चर्चेको सम्पूर्ण लिगलगापात
समेत ।

धितोधनीको नामधितोको ठेगानासिट नं.कि नं.क्षेत्रफल
 पूर्व
 
पश्चिमउत्तरदक्षिण
पानु तामाङउदयपुर जिल्ला कटारी गा.वि.स. वडा नं. ११ क५९४०-०-११ (विघा)कि.नं.
५९५
कि.नं.
५०९
बाटोकि.नं.
२७४

शर्त बन्देजहरु :

१) शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात मिति २०८० / १२ / २३ गते
शुक्रबार भित्र यस बैंकको शाखा कार्यालय जोरपाटी आईपुग्ने गरि पेश गर्नुपर्ने छ ।
२) बोलपत्र फारममा आफुले बोलकबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्ने छ ।
३) माथि उल्लेखित सम्पूर्ण धितो सुरक्षणहरु जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणका
लागि बेग्ला बेग्लै वा एकमुष्ठ बोलपत्र पेश गर्न सकिनेछ ।
४) प्राप्त बोलपत्र मिति २०८० / १२ / २५ गते आइतबार दिउसो १:०० बजे यस बैकको शाखा कार्यालय
जोरपाटीमा उपस्थित प्रतिनिधि, बोलपत्रकर्ता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्र
खोल्ने समयमा बोलाईएका सबै प्रतिनिधि, बोलपत्रकर्ता वा निजको प्रतिनिधि उपस्थित नरहे पनि सो
कारणले बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
५) बोलपत्र खोलिने दिनमा सार्वजनिक विदा परेमा त्यसको लगतै कार्यालय खुलेको दिनमा सोही स्थान
र समयमा लिलाम कार्य हुनेछ ।
६) धरौटी रकम तथा अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख गरिए बमोजिम हुने व्यहोरा समेत सूचित
गरिन्छ ।
७) बोलपत्र स्वीकृत भएमा धितो सुरक्षण सम्पत्ति बोलपत्रदाताको नाममा नामसारी दाखेल खारेज गर्दा
लाग्ने रजिष्ट्रेशन दस्तुर, लाभ कर कर तथा अन्य शुल्क ईत्यादि बोलपत्रदाताले नै व्यहोर्नु पर्नेछ ।