यस बैंकका तपसिलका ऋणीहरूले निम्न शाखाबाट लिएको कर्जा अन्तर्गतको साँवा व्याज नियमित रूपमा नतिरेको हुँदा उक्त कर्जा असुलीका लागि पटक-पटक तर-ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन (अर्थात् मिति २०६१।०१।२५ गते) भित्रमा तपसिलमा उल्लिखित ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरूलाई सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्न गराउनुहुन यो अन्तिम मौका दिइएको छ । उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा तपसिलमा उल्लिखित ऋणी/सञ्चालक / साझेदार तथा अन्य सम्बन्धित पक्ष लाई कालोसूचीमा नाम समावेश गर्नका लागि दिइने ३५ दिने सूचनाको म्याद समेत आजकै मितिबाट प्रारम्भ हुनेछ। साथै कर्जा सुरक्षणार्थ लेखिदिएको तपसिलमा उल्लिखित घर जग्गा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले दिएको अधिकार प्रयोग गरी बैंक आफैँले लिलाम बिक्री गर्ने भएकोले उक्त लिलाममा डाँक बढाबढ गरिलिन चाहने इच्छुक महानुभावहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३६ औं दिन ( अर्थात् मिति २०८१।०१।२६ गते) उक्त दिन विदा परेमा सोको भोलिपल्ट वा लगत्तै कार्यालय खुलेको दिनको बिहान ११:०० बजे यस बैंकको तपसिलमा उल्लिखित शाखामा उपस्थित भई आफूले सकार गर्न चाहेको मूल्यमा बोल कबोल गर्नुहुन यसै सूचनाद्वारा आह्वान गरिन्छ ।
लिलाम बढाबढमा सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिले कबोल गरेको रकमको १० प्रतिशत रकम नगदै धरौटी स्वरूप तत्कालै सोही दिन बैंकमा जम्मा गर्नुपर्नेछ। बोलकबोल स्वीकृत रकममै बैंकले धितो सुरक्षण दिने निर्णय गरेमा त्यसको सूचना दिएको ३५ दिनभित्र कबोल गरेको रकमको बाँकी सम्पूर्ण रकम बैंकमा जम्मा गर्नुपर्नेछ । अन्यथा धरौटी बापतको रकम जफत हुनेछ । कबोल मूल्यमा लिलाम बिक्री गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस बैंकमा सुरक्षित रहनेछ । उल्लिखित सुरक्षण घर-जग्गाको बारेमा थप जानकारी चाहिएमा कार्यालय समयभित्र सम्बन्धित शाखामा सम्पर्क राखी आवश्यक जानकारी लिन सकिनेछ। साथै, कर्जा सुरक्षणार्थ रहेको उल्लिखित घर जग्गाबाट समेत बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा कर्जा सम्झौता र प्रचलित नियम कानून बमोजिम ऋणी, सञ्चालक तथा जमानीकर्ताहरूको अन्य चल अचल जायजेथा / श्रीसम्पत्तिबाट बाकी लेना रकम असुल उपर गरिने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।