यस वित्तीय संस्थाबाट कर्जा कारोवार गर्ने तपशिल बमोजिमको विवरणका ऋणीले यस वित्तीय संस्थासंगका शर्त कबुलियत लिखत बमोजिम कर्जा नतीरी नबुझाई बक्यौता राख्नु भएकोले पटक पटक लिखित, मौखिक तर ताकेता एवं सार्वजनिक पत्रिकामा सूचना प्रकाशित गर्दा समेत कर्जा हिसाव फरफारक नगरेकोले यो सुचना प्रकाशीत गरीएको छ । यो | सुचना प्रकाशित गरेको मितिले १५ दिन भित्र कर्जा हिसाव फरफारक गर्न गराउन ऋणी, धितो दिने र व्यक्तिगत धन जमानी दिने समेतलाई यसै सुचनाद्वारा सुचित गरिन्छ। उक्त | म्याद भित्र पनी कर्जा हिसाव राफसाफ नभएमा बैंक तथा वित्तिय संस्था सम्वन्धि ऐन २०७३ ले दिएको अधिकार तथा ऋणी संगका कानुनी लिखतका आधारमा सो कर्जा वापत राखेको धितो जायजेथा लिलाम विक्री गरि लेना असुल उपर गरीने र सो बाट नपुग भएमा ऋणी र धितो जमानी दिनेको अन्य जायजेथा समेतबाट असुल उपर गर्न आबश्यक कानूनी कार्यवाही अगाडी बढाइने ब्यहोरा समेत सुचित गरिन्छ । साथै ऋणी व्यक्तीगत धन जमानीकर्ता तथा धितो जमानत दिनेलाई समेत कर्जा सुचना केन्द्रको कालो सुचिमा राख्नका | लागी लेखि पठाइने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । ऋणीले सो म्यादमा कर्जा हिसाव राफसाफ नगरेमा लेखाई दिएको तपशिल बमोजिमको जायजेथा १६ औ | दिनमा लिलाम विक्री गरिने हुनाले यो सूचना प्रकाशित भएको १५ दिन भित्र तपशिलका शर्तका अधिनमा आफुले कबोल गरेको रकम सहितको गोप्य शिलबन्दी पेश गर्न हुन समेत सर्बसाधारणमा आव्हान गर्दछौ । सो जेथा लिलाम विक्री नभएमा वित्तीय संस्था आफैले सकार गरि लिन सक्नेछ ।
तपसिल
केन्द्रिय कार्यालयः कमलादी काठमाडौ
ऋणीको विवरण | धितोको विवरण | व्यक्तिगत धन जमानी दिनेको विवरण |
नाम: पारस प्रधान ठेगाना: बनेपा-०८, काभ्रे बुवा: केशवलाल प्रधान बाजे: चिनियालाल प्रधान कर्जा शिर्षक: व्यत्तिगत कर्जा | पारस प्रधानको नाममा दर्ता रहेको काभ्रे जिल्ला, श्रीखण्डपुर वडा नं. ०५ स्थित कित्ता नं. १६८९ को क्षेत्रफल ०-१२-०-०को जग्गा तथा सो ले चर्चेको सम्पुर्ण लिगलगापात समेत | वाल कृष्ण श्रेष्ठ ठेगाना: का.म.न.पा-०३, काठमाण्डौ बुवा राम प्रसाद श्रेष्ठ बाजे: भक्तलाल श्रेष्ठ |
शिलबन्दी बोलपत्र सम्बन्धि शर्तहरू: १. शिलवन्दी बोलपत्र आह्वान सुचना प्रकाशित भएको मितिले १६ औं दिनमा सरकारी प्रतिनिधिको रोहवरमा अपरान्ह २ बजे संस्थाको केन्द्रिय कार्यालय कमलादी, काठमाण्डौमा हुनेछ, सो दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट हुनेछ । २. खरिद गरि लिन चाहेको उल्लेखित सम्पत्ति के कति रकममा खरिद गरि लिन चाहेको हो, सो रकम अङक तथा अक्षरमा स्पष्ट हुनुपर्ने छ । आफुले कवोल गरेको रकमको घटिमा १० प्रतिशत रकम धरौटी स्वरुप संस्थाको नामको प्रभु बैंक लि कोटेश्वर शाखाको चल्ती खाता नं. ०१७००१७८१२४०००२६ मा जम्मा गरि सो को सक्कल भौचर बोलपत्रको साथमा संलग्न गरेको हुनुपर्ने छ । ३. बोलपत्रवालाको नागरिकताको प्रतिलिपी बोलपत्र साथ समावेश हुनुपर्ने छ । ४. बोलपत्र खोलिने दिन बोलपत्र दाता स्वयं वा निजको आधिकारिक प्रतिनिधि तोकिएको समय भित्र नै उपस्थित हुन यसै सुचनाद्वारा जानकारी गराइन्छ । बोलपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा नपर्ने र सो खोलिएको बोलपत्र उपर पछि कुनै किसीमको दाबी तथा उजुरी लाग्ने छैन । बोलपत्र रित नपुगी आएका तथा शर्त राखी दिएको बोलपत्र उपर कुने कारवाहि गरिने छैन । ५. बोलपत्रमा कबुल अंकमा सो जेथा विक्री गर्ने नगर्ने अधिकार यस वित्तीय संस्थालाई हुनेछ । ६. कबुल अंकमा सो जेथा विकी गर्ने निर्णय भएमा धरौटी रकम बाहेक बांकी रकम संस्थाले तोकेको समयमा संस्थामा दाखिला गरि जेथा दाखेल खारेज गरि लान सकिनेछ । ७. बोलपत्र अस्वीकृत भएमा धरौटी फिर्ता गरिनेछ । बोलपत्र स्वीकृत भै सुचना गरीएमा सुचना गरेको मितिमा रकम दाखिला गरि जेथा दा. खा. गरि नलिएमा धरौटी जफत गरिनेछ । ८. सो जेथा दा. खा. गर्दा लाग्ने राजश्व र अन्य खर्च बोलपत्रवालाले ब्यहोर्नु पर्नेछ । ९. विस्तृत जानकारीका लागि वित्तीय संस्थामा सम्पर्क राख्न सकिनेछ ।