यस डेभलपमेन्ट बैंकबाट कर्जा सुरक्षण वापत तपसिलमा उल्लेखित सम्पत्ति धितो जमानतमा राखी तपसिलको ऋणीले यस | डेभलपमेन्ट बैंकको शाखा कार्यालय गुलरिया, बाँकेबाट तपसिलको कर्जा शीर्षक अर्न्तगत लिई उपभोग गर्ने तपाईं ऋणीले | यस बैंक सँग गर्नु भएको कर्जाको शर्त सम्झौता बमोजिम समय-समयमा यस बैंकलाई बुझाउनु पर्ने साँवा, व्याज, हर्जाना र अन्य दे-दस्तुर समेत चुक्ता भुक्तान गर्न पटक-पटक लिखित तथा मौखिक तरताकेता गर्दा समेत बुझाउनु पर्ने रकम नबुझाई बैंकसँग गरेको ऋण तथा कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लंघन गर्नु भएकोले र पत्र-पत्रिका द्वारा सार्वजनिक सूचना प्रकाशन गर्दा समेत कर्जा चुक्ता नगरेकोले कर्जाको सम्पूर्ण साँवा, व्याज, हर्जाना लगायतका अन्य दै- दस्तुर समेत तिरी बुझाई कर्जा चुक्ता भुक्तान गर्न गराउनको लागि सम्बन्धित ऋणी, धितो सुरक्षणधनी तथा जमानत कर्ता समेतलाई यसै सूचनाद्वारा पुनः सूचित गर्नुका साथै गोप्य शिलबन्दी बोलपत्रद्वारा चल / अचल सम्पत्ति लिलाम बिक्री गर्नको लागि २१ (एक्काइस) दिने सूचना प्रकाशित गरि आह्वान गरिएको छ । तोकिएको समय भित्र कर्जा चुक्ता नभएमा उल्लेखित चल / अचल सम्पत्ति जहाँ जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा अन्य प्रचलित कानुनले दिएको अधिकार प्रयोग | गरी गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट धितो लिलाम बिक्री ( दाखिल खारेज नामसारी प्रयोजनको लागि मात्र ) गरि नामसारी गरिने भएकोले सो अवधिमा कार्यालय समय भित्र आइपुग्ने गरी निम्न शर्तहरुको अधिनमा रही शिलबन्दी बोलपत्र पेश गर्नुहुन आह्वान गरिन्छ । प्राप्त बोलपत्रहरु बोलपत्र पेश गर्ने अन्तिम दिनको भोलीपल्ट वा सो दिन बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनमा बिहानको ११:०० बजे खोलिने हुँदा बोलपत्रदाता वा आधिकारीक प्रतिनिधि उपस्थित हुन समेत जानकारी गराइन्छ । तर बोलपत्रदाताको अनुपस्थितीले बोलपत्र खोल्न बाधा पुग्ने छैन । उक्त म्याद भित्र समेत कर्जा चुक्ता नभएमा ऋणीको नाम नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम कर्जा सूचना केन्द्रको कालो सूचीमा अन्य कुनै सूचना | बिनाने समावेश गरिने समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ । कुनै कारणवश तपसिलमा उल्लेखित सम्पत्ति लिलाम बिक्री नभएमा सो सम्पत्ति अन्य व्यवस्था गरी बेचबिखन गर्न सक्ने वा प्रचलित कानून बमोजिम बैंक आफैले सकार गरी लिन सक्ने र उक्त सम्पत्तिबाट बैंकको सम्पूर्ण बक्यौता असूल उपर नभएमा प्रचलित कानून बमोजिम ऋणीको अन्य चलअचल सम्पत्तिबाट समेत असूल उपर गरी लिइने व्यहोरा समेत जानकारी गराईन्छ |