यसमा विराटनगर म.न.पा. वडा नं. २० मा बसोबास गर्ने राजेश शर्माले ज.ध. किरण कुमार शर्माका नाममा दर्ता कायम रहेको जग्गा का.जि. का.म.न.पा. वडा नं. ४ सिट नं. १०२ - ०९८७ - ११ कि.नं. २६३ क्षे.फ. ०-७-०-२ जग्गा भएको जग्गा म निवेदक ज.ध. को भाइ राजेश शर्माले मेरो नाममा नामसारी गरी पाऊँ भनी यस कार्यालयमा दिनुभएको निवेदन बमोजिम जग्गाधनी किरण कुमार शर्मा अविवाहित अवस्थामा मृत्यु भएको हो वा होइन ? निजको बुवा गेहेन्द्र हरि शर्मा आमा रेखा शर्माको परलोक भएको हो वा होइन ? निज दम्पतीबाट | जायजन्म भएको हो कति जना छोरा छोरीहरू छन् ? मृतक ज.ध. किरण कुमार शर्माको हकदारहरू को को छन् वा छैनन् ? उक्त माग दाबी बमोजिमको जग्गा को कसको हक भोगमा छ, ज.ध. किरण कुमार शर्मालाई जीवित अवस्थामा को कसले पालन पोषण, औषधी उपचार हेरविचार र मृत्यु पछि काज किरिया, दाहसंस्कार, पिण्ड पानी जस्ता सामाजिक कार्य को कसले गरेको हो, उक्त जग्गा निवेदक मृतकका भाइ राजेश शर्माको नाममा एकलौटी नामसारी गर्दा कोही कसैलाई पछिसम्म असर पर्छ, पर्दैन, नामसारी नहुनु पर्ने कुनै कारण भए आफ्नो सबुत प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिनभित्र हकदाबी गर्न आफैँ वा वारेस मुकरर गरी नामसारी नहुनु पर्ने कुनै कारण भए प्रमाण सहित यस कार्यालयमा उपस्थित हुन आउनुहोला म्यादभित्र उपस्थित हुन नआएमा कानून बमोजिम भइजाने व्यहोरा यसै सार्वजनिक सूचनाद्वारा जानकारी गराइन्छ ।