AuctionHousePublished On: May 21, 2024

यस बैंकबाट ऋणकर्जा लिएका तपसिलमा उल्लिखित ऋणीले ऋणकर्जा लिदाँ बैकलाई गरिदिएको कर्जा लिखतहरू तथा कर्जा स्वीकृति पत्रको शर्तमा तोकिए बमोजिम बुझाउनु पर्ने साँवा, ब्याज आदि समेत बैंकको सम्पूर्ण लेना रकम नबुझाई ऋणकर्जा लिदाँ गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवम् लिखित रूपमा पटक पटक तरताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी चासो नदेखाई ऋणकर्जा दायित्व फर्छयौट गर्ने तर्फ कुनै तदारूकता नदेखाएकोले मिति २०८० कात्तिक २४ गतेको "नागरिक" राष्ट्रिय दैनिकमा सम्पूर्ण कर्जा चुक्ता भुक्तान गर्नेबारे ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर्जा चुक्ता भुक्तान गर्ने तर्फ ऋणीले कुनै चासो नदेखाएको हुदाँ धितो सुरक्षणमा रहेको तपसिलमा उल्लिखीत सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी धितो लिलाम बिक्री गरिने भएको हुँदा ईच्छुक महानुभावहरूको जानकारीको लागि यो गोप्य शिलबन्दी बोलपत्र आव्हानको सुचना प्रकाशित गरिएको छ ।
तपसिलमा उल्लिखित धितोमा रहेको सम्पत्ती खरिद गर्न चाहानु हुने ईच्छुक महानुभावहरूले तल उल्लिखीत शर्त बन्देजहरूको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाण्डौमा वा यस बैंकको कुनै पनि शाखा कार्यालयमा पेश गर्नुहुन आव्हान गरिन्छ । साथै धितो सुरक्षणमा रहेको सम्पत्ति लिलाम बिक्री नभएमा प्रचलित कानून तथा बैंकको नियमानुसार सो सम्पत्तिको स्वामित्व बैंक आफैले सकार गरी लिन सक्नेछ । धितो लिलाम बिक्री गर्दा वा बैंकले आफै सकार गरेर लिँदा साविकमा बैंकबाट भएको मूल्यांकन भन्दा कम मूल्यमा लिलाम बिक्री भयो वा मेरो/ हाम्रो सम्पत्तिको उचित मूल्य प्राप्त नभई कम मूल्यमा लिलाम बिक्री भयो वा बैंक आफैले सकार गरी लिएको बदर गरीपाऊ भनि कहीँ कतै उजुर बाजुर गर्न पाउनु हुने छैन । साथै धितोबाट सम्पूर्ण कर्जा रकम असुल उपर नभएको खण्डमा प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको निति नियमको अधिनमा रही बाँकी बक्यौता ऋणी तथा जमानिकर्ताहरूबाट असुल उपर गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
यसै सूचनालाई आधार मानी सम्बन्धित ऋणी तथा जमानतकर्ता तथा सम्बद्ध व्यक्ति समेतले सम्पत्ति लिलाम हुने दिन भन्दा अगावै बैंकमा उपस्थित भई आफूले बुझाउनु पर्ने सम्पूर्ण बाँकी बक्यौता चुक्ता भुक्तान गरी कर्जा राफसाफ गरेमा लिलामी कार्य रोक्न सकिने ब्यहोरा समेत जानकारी गराईन्छ ।