यस वित्तीय संस्थाबाट कर्जा कारोवार गर्ने तपशिल बमोजिमको विवरणका ऋणीले यस वित्तीय संस्थासंगका शर्त कबुलियत लिखत बमोजिम कर्जा नतीरी नबुझाई बक्यौता राख्नु भएकोले पटक पटक लिखित, मौखिक तर ताकेता एवं सार्वजनिक पत्रिकामा सूचना प्रकाशित गर्दा समेत कर्जा हिसाव फरफारक नगरेकोले यो सुचना प्रकाशीत गरीएको छ । यो सुचना प्रकाशित गरेको मितिले ७ दिन भित्र कर्जा हिसाव फरफारक गर्न गराउन ऋणी धितो दिने र व्यक्तिगत धन जमानी दिने समेतलाई यसै सुचनाद्वारा सुचित गरिन्छ । उक्त म्याद भित्र पनी कर्जा हिसाव राफसाफ नभएमा बैंक तथा वित्तिय संस्था सम्वन्धि ऐन २०७३ ले दिएको अधिकार तथा ऋणी संगका कानुनी लिखतका आधारमा सो कर्जा वापत राखेको धितो जायजेथा लिलाम विक्री गरि लेना असुल उपर गरीने र सो बाट नपुग भएमा ऋणी र धितो जमानी दिनेको अन्य जायजेथा समेतबाट असुल उपर गर्न आबश्यक कानूनी कार्यवाही अगाडी बढाइने ब्यहोरा समेत सुचित गरिन्छ । साथै ऋणी व्यक्तीगत धन जमानीकर्ता तथा धितो जमानत दिनेलाई समेत कर्जा सुचना केन्द्रको कालो सुचिमा राख्नका लागी लेखि पठाइने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । ऋणीले सो म्यादमा कर्जा हिसाव राफसाफ नगरेमा लेखाई दिएको तपशिल बमोजिमको जायजेथा ८औं दिनमा लिलाम विक्री गरिने हुनाले यो सूचना प्रकाशित भएको ७ दिन भित्र तपशिलका शर्तका अधिनमा आफुले कबोल गरेको रकम सहितको गोप्य शिलबन्दी पेश गर्न हुन समेत सर्बसाधारणमा आव्हान गर्दछौ । सो जेथा लिलाम विक्री नभएमा वित्तीय संस्था आफैले सकार गरि लिन सक्नेछ ।