तपसिल वमोजिमका कर्जा ग्राहकहरुले यस बैंकबाट देहाय वमोजिम कर्जा / सुविधाहरुको बैंकलाई वुझाउनु पर्ने सांवा, व्याज, हर्जाना तथा अन्य लेना रकम बुझाउन पटक पटक मौखिक तथा लिखित रुपमा तर ताकेता तथा कर्जा वुझाउने वारे २१ एक्काइस दिने सूचना प्रकाशन गर्दा समेत कर्जा भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई वेवास्ता गरेकाले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस दिनभित्र वैंकको सम्पूर्ण लेना रकम चुक्ता गर्नुहुन कजां ग्राहक, धितो सुरक्षण मन्जुरीनामा दिने, जमनत दिनुहुने व्यक्ति संस्थालाई यो सार्वजनिक सूचना जारी गरिएको छ । उल्लेखित ३५ पैंतीस) दिन भित्र कजां चुक्ता नगरेमा कर्जा ग्राहक, धितो सुरक्षण मन्जुरी दिने, जमानत दिनुहुने व्यक्ति संस्था र सम्वन्धित पक्षलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने र बैंकलाई लेखिदिएको चल अचल सम्पत्ति परियोजना बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ र यस बैंकको प्रचलित कर्जा असुली कार्यविधि अनुसार देहाय बमोजिमको मितिमा धितो लिलाम डॉक वढावढ गरिने हुंदा इच्छुक व्यक्ति / संस्था तथा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। साथै उपरोक्त अनुसार डांक वढावढद्वारा धितो लिलाम विक्री हुन नसकेमा धितो सुरक्षणमा रहेको चल अचल सम्पत्ति बैंक आफैले सकार गरि लिन सक्ने व्यहोरा समेत जानकारी गराइन्छ ।