AuctionHouse & LandPublished On: July 9, 2024

तपसिल बमोजिमका कर्जा ग्राहकहरुले यस बैंकबाट देहाय बमोजिम कर्जा / सुविधाहरुको बैंकलाई बुझाउनु पर्ने साँवा, व्याज, हर्जाना तथा अन्य लेना रकम बुझाउन पटक पटक मौखिक तथा लिखित रुपमा तर ताकेता तथा कर्जा बुझाउने बारे २१ ( एक्काईस) दिने सूचना र धितो लिलाम बिक्रि हुने बारेको पटक पटक ३५ दिने सार्वजनिक सूचना सूचना प्रकाशन गरेको तथा यस अघि धितो लिलाम विक्रि गरिने बारेको ३५ (पैंतीस) दिने सार्वजनिक सूचना मिति २०७८ / ०८ / १८ गते नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्दा समेत कर्जा भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेकाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र बैंकको सम्पूर्ण लेना रकम चुक्ता गर्नुहुन कर्जा ग्राहक, धितो सुरक्षण मन्जुरीनामा दिने, जमानत दिनुहुने व्यक्ति / संस्थालाई यो सार्वजनिक सूचना जारी गरिएको छ । उल्लेखित १५ (पन्ध्र) दिन भित्र कर्जा चुक्ता नगरेमा बैंकलाई लेखिदिएको चल अचल सम्पत्ति / परियोजना बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको प्रचलित कर्जा असुली कार्यविधि अनुसार देहाय बमोजिमको मितिमा धितो लिलाम डाँक बढाबढ गरिने हुँदा ईच्छुक व्यक्ति/संस्था तथा सवैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै, उपरोक्त अनुसार डाँक बढावढद्वारा धितो लिलाम बिक्री हुन नसकेमा धितो सुरक्षणमा रहेको चल अचल सम्पत्ति बैंक आफैले सकार गरिलिन सक्ने व्यहोरा समेत जानकारी गराईन्छ ।