AuctionHouse & LandPublished On: July 10, 2024

तपसिलमा उल्लेखित ऋणीले यस बैंकको शाखा कार्यालय विर्तामोड, झापाबाट लिनु भएको ऋण कर्जाको बैंकलाई समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, साँवाको किस्ता, ब्याज र हर्जाना ब्याज रकम नतिरी नबुझाई बैंकसँग गरेको कर्जा सम्बन्धी शर्त कबुलियत उल्लंघन गर्नु भएको, बैंकले तपसिलका ऋणी र व्यक्तिगत जमानतकर्ताहरु समेतलाई पटक-पटक मौखिक एवम् लिखित सूचनाहरू पठाई तरताकेता गर्दा समेत कर्जाको साँवा तथा सोमा लागेको ब्याज, किस्ता र हर्जाना ब्याज रकम बुझाउने तर्फ कुनै पहल नगरी बेवास्ता गरी बसेको र यस अघि सम्पूर्ण कर्जा चुक्ता गर्न यस बैंकबाट ३५ (पैंतीस) दिने सार्वजनिक सूचना मिति २०८० १२-०१ गतेको कारोवार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरि तरताकेता गर्दा समेत कर्जा नतिरी नबुझाई बेवास्ता गरी बसेको हुनाले कर्जा असुलीका लागि तपसिलमा उल्लेखित धितो जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरी बैंकको सम्पूर्ण लेना रकम असूल उपर गरि लिने भएकाले धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री हुने सम्बन्धी यो १५ (पन्ध्र) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । साथै, धितो सुरक्षणमा रहेको सम्पतिहरुको लिलाम बिक्री हुन नसकी बैंकले धितो सकार गर्नु परेमा वा लिलाम बिक्रीबाट बैंकको सम्पूर्ण बक्यौता असुल उपर नभएमा असुल उपर हुन नसकेको रकमको हदसम्म कानून बमोजिम ऋणी र व्यक्तिगत जमानतकर्ताहरुको घरघरानाबाट असुल उपर गर्न असुली प्रकृया अगाडि बढाईने तथा सम्बन्धीत सबैलाई कर्जा सूचना केन्द्रको कालो सूचीमा नाम समावेश गर्न पठाईने ब्यहोरासमेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।