AuctionHouse & LandPublished On: July 24, 2024

यस बैंक (साविक लक्ष्मी / सनराइज बैंक लि.) बाट तपसिलमा उल्लेखित ऋणीले उपभोग गर्नु भएको ऋण कर्जाको शर्त सम्झौता बमोजिम समय समयमा तिर्नु बुझाउनु पर्ने बक्यौता रकम (साँवा, व्याज, पेनाल व्याज तथा अन्य दस्तुर आदि ) चुक्ता भुक्तानी गर्न पटक पटक लिखित तथा मौखिक तरताकेताका अतिरिक्त वभिन्न मिति तथा विभिन्न पत्रिकामा ऋण कर्जा चुक्ता भुक्तानी गर्ने गराउने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर्जा चुक्ता भुक्तानी नगर्नु नगराउनु भएको हुँदा यो धितो लिलाम बिक्रीको सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
अतः कर्जाको सुरक्षण स्वरुप बैंकसमक्ष धितो रहेको तपसिलमा उल्लेखित चल अचल सम्पत्ति / सवारी साधन / इक्यूपमेण्ट जहाँ जे जस्तो अवस्थामा रहे भएकोछ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने भएकोले उक्त सम्पत्तिमध्ये कुन सम्पत्ति के कति मुल्यमा खरिद गरिलिने हो सो खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको प्रधान कार्यालय हात्तिसार, काठमाण्डौ स्थित कर्जा असुली विभाग/सम्बन्धित शाखा कार्यालयमा शिलबन्दी बोलपत्र दाखिल गर्नुहुन ईच्छुक महानुभावहरु सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले १६ औं दिन अर्थात मिति २०८१ / ०४ / २४ गते ( सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै बैंक खुलेको दिन) मा बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाडौं स्थित कर्जा असुली विभाग / सम्बन्धित शाखा कार्यालयमा दिनको ठीक ११:०० बजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुरक्षणधनी, इच्छुक बोलपत्रकर्ता तथा सम्बद्ध सबैमा अनुरोध छ । कुनै कारणवश तपसिलमा उल्लेखित सम्पत्ति लिलाम बिक्री नभएमा प्रचलित कानून बमोजिम बैंक आफैले सकार गरी लिन सक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । साथै सो सम्पत्तिबाट समेत बैंकको सम्पूर्ण बक्यौता रकम असूल उपर नभएमा प्रचलित कानून बमोजिम ऋणी, जमानतकर्ता तथा निजहरुको हकलाग्ने परिवारका सदस्यहरुको अन्य जायजेथाबाट समेत बक्यौता रकम असुल उपर गर्ने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।