यस बैंक (साविकको सेञ्चुरी कमर्सियल बैंक लि. का तपसिलमा उल्लेखित ऋणीले लिएको कर्जाको किस्ता (साँवा, व्याज) भुक्तानी सम्बन्धि शर्त कबुलियत उल्लघंन गर्नु भएको तथा पटक पटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको हुनाले बैंकले कर्जा असुलीका लागि मिति २०८० / ०२ / ०३ गते बुधबारको नागरिक राष्ट्रिय दैनिक पत्रिकामा ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना तथा धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत् लिलाम विक्री गर्ने बारेको ७ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त सूचना बमोजिम कर्जा चुक्ता तथा धितो लिलाम विक्री हुन नसकेकोले पूनः मिति २०८० /०५/०१ गते शुक्रबारको कारोबार राष्ट्रिय दैनिक पत्रिकामा ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्ने तथा धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत् लिलाम विक्री गर्ने बारेको १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा सो सूचना बमोजिम ऋणी तथा जमानतकर्ताले कर्जा चुक्ता भुक्तान नगर्नु भएको तथा तोकिएको समयावधि भित्र आंशिक धितोको लागि प्रस्ताव परी आंशिक धितो मात्र लिलाम बिक्री भई सम्पूर्ण धितो लिलाम बिक्री हुन नसकेकोले कर्जामा बैंकसंग बाँकी रहेको धितो लिलाम बिक्रीको लागि तपशिलमा उल्लेखित सम्पत्ति जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य शिलवन्दी वोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने भएकोले उक्त सम्पत्ती के कति दर भाउ र मुल्यमक्ता खरिद गरी लिने हो सो व्यहोरा खुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र गोप्य शिलबन्दी बोलपत्र प्रधान कार्यालय बबरमहल, काठमाण्डौमा दाखिल गर्नु हुन ईच्छुक व्यक्ति तथा संगठित संस्था सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ८ औं दिन अर्थात् मिति २०८१/०४/१७ गते बिहिबार ( सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै बैंक खुलेको पहिलो दिन) प्रधान कार्यालय बबरमहल, काठमाण्डौमा दिनको ठीक ३:०० (तीन) बजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुरक्षणधनी, ईच्छुक बोलपत्रकर्ता तथा सम्बद्ध सबैमा अनुरोध छ । प्राप्त बोलपत्रहरु बैंकले बिना कुनै कारण दर्शाई स्वीकार वा अस्वीकार गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ । पुनश्चः यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र उक्त बांकी सम्पूर्ण कर्जाको साँवा ब्याज तथा हर्जाना लगायतका अन्य दै दस्तुर समेत तिरी बुझाई कर्जा चुक्ता फछ्यौट गर्न गराउनको लागि सम्बन्धित ऋणी, धितो सुरक्षण धनी तथा व्यक्तिगत जमानतकर्ता समेतलाई यसै सूचनाद्धारा जानकारी गराईन्छ । उक्त म्याद भित्र समेत कर्जा चुक्ता नभएमा कर्जाको सूरक्षणको रुपमा बैंक समक्ष धितो रहेको तपसिलमा उल्लिखित चल / अचल जायजेथा जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी प्रस्तुत सूचनाको म्याद भित्र प्राप्त हुन आएका गोप्य शिलवन्दी वोलपत्रको माध्यमवाट लिलाम बिक्री गरिने र कुनै कारणवश तपसिलमा उल्लिखित चल / अचल जायजेथा लिलाम बिक्री नभएमा सो जायजेथा अन्य व्यवस्था गरी बेच बिखन गर्न सक्ने वा नियमानुसार बैंकले आफ्नो नाममा सकार गरी लिन सक्ने तथा उक्त जायजेथाबाट बैंकको सम्पूर्ण बक्यौता असूल उपर नभएमा प्रचलित कानून बमोजिम असल उपर गरी लिइने व्यहोरा समेत जानकारी गराइन्छ ।