यस बैंकका देहायका शाखा कार्यालयहरुबाट निम्न बमोजिम कर्जा तथा सुविधा लिने ग्राहकहरुले म्याद भित्र कर्जा चुक्ता नगरी लिखित तथा मौखिक तरताकेता र पत्रपत्रिकाद्वारा सार्वजनिक सूचना गर्दा समेत कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित गरिएको छ । तसर्थ यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र बैंकमा आई आफुले उपभोग गरेको साँवा तथा कर्जा चुक्ता गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य लेना रकम समेत चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिनुहुन सम्बन्धित ग्राहक र धितो मन्जुरी दिनुहुने महानुभावहरुलाई समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ। साथै, यस सूचना बमोजिम लिलाम बिक्री हुन नसकेमा धितो सम्पत्ति बैंकको अनुकूल समयमा बैंक आफैले सकार गर्न सक्ने ब्यहोरा समेत जानकारी गराईएको छ ।
यो सूचना बमोजिम ३५ (पैंतीस) दिन भित्र चुक्ता नभएमा तपसीलमा उल्लेखित चल अचल सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्थामा प्रचलित कानूनको अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन ईच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले यो सूचना प्रकाशित भएको ३५ औं दिन वा सो भन्दा अगाडि नै शाखा कार्यालय, बनेपामा कार्यालय समय भित्र आईपुग्ने गरी निम्न शर्तहरुको अधिनमा रही शिलबन्दी बोलपत्र पेश गर्नुहुन आव्हान गरिन्छ । बोलपत्र सूचना प्रकाशन भएको ३६ औं दिन वा सो दिन सार्वजनिक बिदा परेको भएमा बिदा पश्चात लगतै कार्यालय खुलेको दिनमा बोलपत्र फारममा उल्लेखित शर्तहरुको अधिनमा रही रीतपूवर्क दर्ता हुन आएका बोलपत्र फारमहरु दिनको १:०० बजे खोलिने हुँदा बोलपत्रदाता वा आधिकारीक प्रतिनिधि उपस्थित हुन समेत जानकारी गराईन्छ । तर बोलपत्रदाताका अनुपस्थितले बोलपत्र खोल्न बाधा पुग्ने छैन । साथै, कर्जा ग्राहक, धितो सुरक्षण मन्जुरी दिने, जमानत दिनुहुने व्यक्ति / संस्था र सम्बन्धित पक्षलाई यसै सूचनाको आधारमा कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।