तपशिलमा उल्लेखित ऋणी संस्थाले चाबहिल शाखाबाट उपभोग गरेको कर्जाको सावाँ, व्याज र हर्जना रकम तिर्न बुझाउन पर्नेमा नबुझाई कर्जा सम्बन्धी शर्त तथा बन्देजहरु उल्लंघन गरेकाले सो सम्बन्धमा मौखिक तथा लिखित सूचना र पत्रद्धारा ताकेता गर्दा साथै मिति २०७९ / ११ / १६ गते कारोवार दैनिक पत्रिकामा कर्जा चुक्ता गर्ने बारे ३५ दिने सार्वजनिक सुचना प्रकाशित गरेको गरिएको मिति २०८०/०२/०८ गते धितो लिलाम बिक्री सम्वन्धि ३५ दिने सूचना अन्नपुर्ण पोष्ट दैनिक पत्रिकामा प्रकाशित गरिसकेको र मिति २०८० / ०३ / १२ गते धितो लिलाम बिक्री सम्बन्धि १५ दिने सूचना नयाँपत्रिकामा प्रकाशन गर्दा समेत संस्थाले तिर्न बुझाउनु पर्ने कर्जाको सांवा, व्याज, हर्जना तथा अन्य दैदस्तुरको रकम समेत चुक्ता भुक्तानी नगरी बाँकी रहेको हुनाले बैंकलाई ऋण सुरक्षण बापत लेखाई दिएको तपशिलमा उल्लेखित धितो सुरक्षण सम्पती लिलाम विक्रि गरी बैंकको सम्पूर्ण लेना रकम असुल उपर गरी लिनका लागि यो धितो लिलाम बिक्री सम्वन्धि १५ दिने सूचना प्रकाशित गरिएको छ । अतः उल्लेखित म्याद भित्र तपशिलमा उल्लेखित धितो सुरक्षण सम्पती लिलाम बिक्रीमा सहभागी हुन र बोलपत्र खरिद गरी लिन इच्छुक संघ संस्था, फर्म, कम्पनी तथा सर्वसाधारण महानुभावहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र आफुले कवोल गरेको रकम सहितको गोप्य शिलबन्दी बोलपत्र पेश गर्नहुन अनुरोध गर्दछौं । लिलाम बिक्रीमा सो सुरक्षण धितो सम्पती कसैले नसकारेमा वा रितपूर्वक बोलपत्र नपरेमा बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन, सहकारी ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम धितो सुरक्षण सम्पति यस बैंक आफैले सकार गरी लिने व्यहोरा समेत सम्बंधित सवैलाई जानकारी गराईन्छ । धितो लेखि दिएको सम्पत्ति लिलाम बिक्री गर्दा वा बैंक आफैले सकार गर्दा साविकमा बैंकबाट भएको मुल्याङकन भन्दा कम मुल्यमा बिक्री भयो वा मेरो/ हाम्रो सम्पतिको उचित मुल्य प्राप्त नभई कम मुल्यमा बिक्री भयो वा बैंक आफैले सकार गरी लियो भनी कही कतै उजुर बाजुर गर्न पाउने छैन । साथै सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्रीबाट पनि यस बैंकको सम्पूर्ण लेना रकम असूल उपर नभएमा सम्बन्धित ऋणी संस्था तथा जमानीकर्ताहरुको अन्य चल अचल जायजेथा सम्पतिबाट समेत असुल उपर गरी लिने र ऋणी तथा जमानीकर्तालाई बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन बमोजिम कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश गरिने व्यहोरा यसै सूचनाद्धारा सूचित गराईन्छ ।