यस बैंकको तपशिलको ऋणी संस्थाले विराटनगर शाखाबाट उपभोग गरेको कर्जाको साँवा, ब्याज र हर्जना रकम तिर्न बुझाउनु पर्नेमा हालसम्म नतिरी नबुझाई कर्जा सम्बन्धि शर्त तथा बन्देजहरु उल्लंघन गरेकोले सो सम्बन्धमा मौखिक तथा लिखित रुपमा कर्जा तिर्न बुझाउन बारम्बार तरताकेता गर्दा समेत संस्थाले तिर्न बुझाउनु पर्ने कर्जाको साँवा, व्याज, हर्जना तथा दैदस्तुर रकम समेत चुक्ता भुक्तानी नगरी आलटाल गरी बाँकी राखी कर्जा चुक्ता गर्ने तर्फ कुनै तत्परता नदेखाएको हुनाले कर्जा चुक्ता गर्न आउने बारे यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकलाई बुझाउनु पर्ने कर्जाको साँवा, ब्याज, तथा हर्जना समेत बुझाउनुहुन सम्बन्धीत ऋणी संस्था, धितो जमानतकर्ता र जमानीकर्ताहरुलाई समेत सूचित गरिन्छ । सो म्याद भित्र बक्यौता भएको सम्पूर्ण कर्जा रकम चुक्ता भुक्तान नगरेमा ऋण लिंदा यस बैंकलाई लेखाई दिएको धितो लिलाम विक्रि गरी यस बैंकको सम्पूर्ण लेना रकम असुल उपर गरी लिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ । साथै सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम विक्रिबाट पनि यस बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा वा कथम कथाचित धितोवाट असुल उपर हुन नसके वा असुल उपर नभएमा ऋणी संस्थाको पदाधिकारीको वा निजहरुको एकाघर संगोल परिवारको नाममा रहेको चलअचल सम्पत्ती तथा अन्य जायजेथा सम्पत्तीबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, सहकारी ऐन, नियमावली तथा प्रचलित कानून बमोजिम असुल उपर गरी लिने तथा ऋणी संस्थाका पदाधिकारीहरु तथा जमानीकर्ताहरुलाई कालो सूचिमा समावेश गरिने व्यहोरा समेत सम्बन्धित सबैलाई सूचित गराइन्छ ।