AuctionHouse & LandPublished On: October 23, 2024

तपसिल बमोजिमका कर्जा ग्राहकहरुले यस बैंकबाट देहाय बमोजिम कर्जा / सुविधाहरुको बैंकलाई बुझाउनु पर्ने साँवा, व्याज, हर्जाना तथा अन्य लेना रकम बुझाउन पटक पटक मौखिक तथा लिखित रुपमा तर ताकेता तथा कर्जा बुझाउने बारे २१ ( एक्काइस) दिने सूचना प्रकाशन गर्दा समेत कर्जा भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेकाले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र बैंकको सम्पूर्ण लेना रकम चुक्ता गर्नुहुन कर्जा ग्राहक, धितो सुरक्षण मन्जुरीनामा दिने, जमानत दिनुहुने व्यक्ति/संस्थालाई यो सार्वजनिक सूचना जारी गरिएको छ । उल्लेखित ३५ (पैंतीस) दिन भित्र कर्जा चुक्ता नगरेमा कर्जा ग्राहक, धितो सुरक्षण मन्जुरी दिने, जमानत दिनुहुने व्यक्ति / संस्था र सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने र बैंकलाई लेखिदिएको चल अचल सम्पत्ति / परियोजना बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको प्रचलित कर्जा असुली कार्यविधि अनुसार देहाय बमोजिमको मितिमा धितो लिलाम डाँक बढाबढ गरिने हुँदा इच्छुक व्यक्ति / संस्था तथा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै उपरोक्त अनुसार डाँक बढाबढद्वारा धितो लिलाम बिक्री हुन नसकेमा धितो सुरक्षणमा रहेको चल अचल सम्पत्ति बैंक आफैँले सकार गरि लिन सक्ने व्यहोरा समेत जानकारी गराइन्छ ।