AuctionLandPublished On: November 12, 2024

यस बैंकका देहायका शाखा कार्यालयहरूबाट निम्न बमोजिम कर्जा तथा सुविधा लिने ग्राहकहरूले म्यादभित्र कर्जा चुक्ता नगरी लिखित तथा मौखिक तरताकेता र पत्रपत्रिका मिति २०८१।०२।३० मा ३५ (पैंतीस) दिने सार्वजनिक सूचना गर्दा समेत कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित गरिएको छ । तसर्थ, यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र बैंकमा आई आफूले उपभोग गरेको साँवा तथा कर्जा चुक्ता गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य लेना रकमसमेत चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिनुहुन सम्बन्धित ग्राहक र धितो मन्जुरीनामा दिनुहुने महानुभावहरूलाई समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । साथै, यस सूचना बमोजिम लिलाम बिक्री हुन नसकेमा धितो सम्पत्ति बैंकको अनुकूल समयमा बैंक आफैले सकार गर्न सक्ने ब्यहोरासमेत जानकारी गराइएको छ ।
यो सूचना बमोजिम १५ (पन्ध्र) दिनभित्र चुक्ता नभएमा तपसिलमा उल्लेखित चलअचल सम्पत्ति जे / जस्तो अवस्था र परिमाणमा छ सोहीअवस्थामा प्रचलित कानून अधिनमा रही गोप्य शिलबन्दी बोलपत्रमार्फत् खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ / संस्थाले यो सूचना प्रकाशित भएको १६औं दिन वा सोभन्दा अगाडि नै शाखा कार्यालय तानसेन पाल्पामा कार्यालय समयभित्र आईपुग्ने गरी निम्न शर्तहरूको अधिनमा रही शिलबन्दी बोलपत्र पेश गर्नुहुन आव्हान गरिन्छ । बोलपत्र सूचना प्रकाशन भएको १६औं दिन वा सो दिन सार्वजनिक बिदा परेको भएमा बिदापश्चात् लगत्तै कार्यालय खुलेको दिनमा बोलपत्र फारममा उल्लेखित शर्तहरूको अधिनमा रही रीतपूवर्क दर्ता हुन आएका बोलपत्र फारमहरू दिनको १२ बजे खोलिने हुँदा बोलपत्रदाता वा आधिकारिक प्रतिनिधि उपस्थित हुनसमेत जानकारी गराइन्छ । तर बोलपत्रदाताका अनुपस्थितले बोलपत्र खोल्न बाधा पुग्ने छैन ।