AuctionLandPublished On: November 13, 2024

तपसिल बमोजिमका कर्जा ग्राहकले यस बैंकबाट देहाय बमोजिम कर्जा / सुविधाहरूको बैंकलाई बुझाउनुपर्ने साँवा, ब्याज, हर्जाना तथा अन्य लेना रकम बुझाउन पटक-पटक मौखिक तथा लिखित रूपमा तरताकेता, कर्जा बुझाउनेबारे २१ (एक्काइस) दिने सूचना र धितो लिलाम बिक्री हुने बारेको ३५ (पैंतीस) दिने सार्वजनिक सूचना मिति २०८१/०४/१७ मा प्रकाशन गर्दासमेत कर्जा भुक्तान गर्नेतर्फ कुनै चासो नदेखाई बेवास्ता गरेकाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र बैंकको सम्पूर्ण लेना रकम चुक्ता गर्नुहुन कर्जा ग्राहक, धितो सुरक्षण मन्जुरीनामा दिने, जमानत दिनुहुने व्यक्ति / संस्थालाई यो सार्वजनिक सूचना जारी गरिएको छ । उल्लेखित १५ (पन्ध्र) दिनभित्र कर्जा चुक्ता नगरेमा बैंकलाई लेखिदिएको चलअचल सम्पत्ति / परियोजना बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र यस बैंकको प्रचलित कर्जा असुली कार्यविधि अनुसार देहायबमोजिमको मितिमा धितो लिलाम डाँक बढाबढ गरिने हुँदा इच्छुक व्यक्ति / संस्था तथा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै, उपरोक्त अनुसार डाँक बढाबढद्वारा धितो लिलाम बिक्री हुन नसकेमा धितो सुरक्षणमा रहेको चलअचल सम्पत्ति बैंक आफैले सकार गरी लिनसक्ने व्यहोरासमेत जानकारी गराइन्छ।