Loan Payment NoticeLandPublished On: November 25, 2024

यस बैंकबाट ऋणकर्जा लिएका तपसिलमा उल्लिखीत ऋणीले ऋणकर्जा लिदाँ बैंकलाई गरिदिएको कर्जा लिखतहरू तथा कर्जा स्वीकृति पत्रको शर्तमा तोकिए बमोजिम बुझाउनु पर्ने साँवा, ब्याज आदि समेत बैंकको सम्पूर्ण लेना रकम नबुझाई ऋणकर्जा लिदाँ गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवम् लिखित रूपमा पटक पटक तरताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी चासो नदेखाई ऋणकर्जा दायित्व फछ्यौट गर्ने तर्फ कुनै तदारूकता नदेखाएको हुनाले सम्पूर्ण बक्यौता कर्जा सुविधा फिर्ता गर्न यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
अतः यस बैंकमा सम्पर्क गरी यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र बैंकलाई बुझाउन बाँकी रहेको सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दैदस्तुर चुक्ता भुक्तान गरी बैंकको कर्जा फरफारक फछ्यौट गर्न गराउनका लागि सम्बन्धित ऋणी, धितो जमानतकर्ता सहितका अन्य जमानतकर्ता एवं सम्बद्ध सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ । सो म्याद भित्र बक्यौता रहेको सम्पूर्ण रकम चुक्ता भुक्तान नगरेमा धितो सुरक्षण लिलाम बिक्रि गर्ने र सो धितोबाट सम्पूर्ण कर्जा रकम असुल उपर नभएको खण्डमा प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको निति नियमको अधिनमा रही बाँकी बक्यौता ऋणी तथा जमानिकर्ताहरूबाट असुल उपर गर्नुका साथै कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सिफारिस गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराउदछौं ।
साथै, उल्लिखित ऋणीहरूले प्राप्त गरेको ऋणकर्जाको सुरक्षण वापत व्यक्तिगत / संस्थागत जमानत दिनुहुने पक्षहरूलाई समेत उपरोक्त ब्यहोरा अवगतार्थ अनुरोध गर्दै म्याद भित्र बैंकको कर्जा भुक्तानी गर्नु गराउनुहुन सुचित गरीन्छ ।