यस माछापुच्छ्रे बैंक लि. तपसिलमा उल्लेखित शाखा कार्यालयहरुबाट तपाई तपसिलमा उल्लेखित ऋणीहरुले प्राप्त गर्नु भएको कर्जाको साँवा व्याज तोकिएको म्यादमा चुक्ता नगर्नु भएको र यस अघि पनि मौखिक तथा लिखित रुपमा कर्जा चुक्ता गर्नको लागि पटक पटक अनुरोध गर्दा पनि कर्जाको साँवा व्याज, थप व्याज अन्य दस्तुर आदि चुक्ता भुक्तान नगरी शर्त कबुलियतको उल्लंघन गर्नु भएकोले तपसिलमा उल्लेखित ऋणीको नाउमा वक्यौता ऋणकर्जा चुक्ता भुक्तान गर्न यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले पैंतिस (३५) दिनभित्र यस बैंकमा सम्पर्क राखी सम्पूर्ण कर्जाको साँवा, व्याज चुक्ता गर्नुहुन अनुरोध गरिन्छ । उल्लेखित समयावधिभित्र सम्पूर्ण कर्जाको साँवा व्याज चुक्ता नगरेमा तपाई ऋणीले कर्जा लिंदा उपलब्ध गराएको धितो लिलाम गर्ने ऋणी, संचालक / प्रोप्राइटरको नाम कर्जा सूचनाकेन्द्रको कालोसूचीमा समावेश गर्ने तथा ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गर्ने लगायत कर्जा असुल उपर गरी लिनको लागि अन्य कानुनी कारवाहीहरु समेत अवलम्बन गरिने व्यहोरा यसै सूचनाबाट जानकारी गराउदै यथाशिघ्र कर्जा भुक्तानी गर्न विशेष अनुरोध गरिन्छ ।