का.जि. का.म.न.पा. वडा नं. २३ झोछे बस्ने राम देवी मानन्धरको वारेस श्रीराम मानन्धरले रामदेवी मानन्धरको पति पुर्ण रत्न मानन्धरका नाउँमा नाप नक्सा भई दर्ता बाँकी रहेको अवस्थामा ज.ध. पुर्ण रत्न मानन्धरको मिति २०४६।०८।०८ मा आफ्नै कालगतिले परलोक भएको र मृतक ज.ध. को नजिकका हकदारहरूमा श्रीमती राम देवी मानन्धर मात्र भएको हुँदा तपसिलमा उल्लिखित जग्गा साबिक १४ हाल का. झोछे पोता १३ नं. बुध रत्न मानन्धर का. ई. झोछे अन्तर्गतका पोता लगतका खलाहरू मिति २०२०।१२।१२ सालमा माल दोस्रोबाट रु. ३१/- धरौटी जम्मा गरी साबिक पोता रैकरमा परिणत भएको पुर्जीसम्म लिन बाँकी रहेको साबिक पोता र धरौटी रसिद पेश गरी दर्ता/ना. सा. समेत गरिपाऊँ भनी पूरक निवेदन दिनुभएको हुँदा उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, पर्ती, विर्ता वा अन्य कसैको हक लाग्ने हो / होइन ? वा माग बमोजिम दर्ता / ना. सा. हुनु नपर्ने भए वा निवेदक बाहेक अरू हकदार भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजानेछ। पुनश्च मोहीका तर्फबाट निवेदक हिम प्रसाद अर्यालले २०४६ सालमा रै. प. दर्ता माग गरेको मिसिल हालसम्म फेला नपरेको भनी भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँबाट पत्र समेत प्राप्त भएको तथा मिति २०५३।०६।२० मा गोरखापत्रमा रै. प. दर्ताका लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित भएको सूचनाको प्रमाणित प्रति भने उपलब्ध रहेको र ज.ध. का तर्फबाट ज.ध. की श्रीमती राम देवी मानन्धरले यस अगाडि दर्ता ना. सा. माग गरेको सक्कल मिसिलहरू आंशिक रूपमा प्राप्त भएको । तपसिल-