AuctionLandPublished On: February 10, 2025

यस बैंक (साविक सेञ्चुरी कमर्सियल बैंक लि.) का तपसिलमा उल्लेखित ऋणीले विभिन्न शिर्षक अन्तरगत लिएको ऋण कर्जाको किस्ता (साँवा, व्याज) भुक्तानी सम्बन्धि शर्त कबुलियत उल्लघंन गर्नु भएकोले निज ऋणीलाई ऋण कर्जा चुक्ता भुक्तानको लागि पटक पटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता फछ्यौट गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको हुँदा यो सूचना प्रकाशित गरिएको छ । अतः यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकमा सम्पर्क राखी सम्झौता बमोजिम बैंकलाई तिर्न बुझाउन बाँकी सम्पूर्ण रकम चुक्ता फछ्यौट गर्न गराउनु हुन ऋणी जमानतकर्ता तथा धितो सुरक्षण धनी लगायत सम्बद्ध सबैमा सूचित गरिन्छ । यस सूचनाको समेत बेवास्ता गरी उल्लेखित समयावधि भित्र कर्जा चुक्ता फछ्यौट नगरेको खण्डमा ऋणी तथा जमानतकर्ता लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालो सूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई अन्य कुनै पनि सूचना नदिई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गर्न सिफारिस गरीने ब्यहोरा जानकारी गराउदै कर्जाको सुरक्षणको रुपमा बैंक समक्ष धितो रहेको तपसिलमा उल्लेखित सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी प्रस्तुत सूचनाको म्याद भित्र प्राप्त हुन आएका गोप्य शिलवन्दी वोलपत्रको माध्यमवाट लिलाम बिक्री गरिने भएकोले उक्त सम्पत्ति के कति मुल्यमा खरिद गरी लिने हो सो खुलाई यो सूचना प्रकाशित भएको मितिले ३६ औं दिन देखि ४२ औं दिन भित्र गोप्य शिलबन्दी बोलपत्र बैंकको शाखा कार्यालय सिराहा, सिराहामा दाखिल गर्नु हुन ईच्छुक व्यक्ति तथा संगठित संस्था सबैको जानकारीको लागि समेत यो सूचना प्रकाशित गरिएको छ । प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ४३ औं दिन अर्थात् मिति २०८१ / १२ / ११ गते सोमबारको दिन ( सो दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै बैंक खुलेको दिन) यस बैंकको शाखा कार्यालय सिराहा, सिराहामा दिनको ठीक ३:०० बजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुरक्षण धनी, इच्छुक बोलपत्र दाता तथा सम्बद्ध सबैमा अनुरोध छ । प्राप्त बोलपत्रहरु बैंकले बिना कुनै कारण दर्शाइ स्वीकार वा अस्वीकार गर्न व्यहोरा समेत जानकारी गराईन्छ । कुनै कारणवश तपसिलमा उल्लेखित सम्पत्ति लिलाम बिक्री नभएमा सो सम्पत्ति अन्य व्यवस्था गरी बेच बिखन गर्न सक्ने वा प्रचलित कानून बमोजिम बैंकले सकार गरी लिन सक्ने व्यहोरा र उक्त सम्पत्तिबाट बैंकको सम्पूर्ण बक्यौता असूलउपर नभएमा प्रचलित कानून बमोजिम असुलउपर गरी लिईने व्यहोरा समेत जानकारी गराईन्छ ।