AuctionHouse & LandPublished On: February 12, 2025

यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा कार्यालय रंगेली, मोरङबाट तपसिलमा उल्लेखित तपाई ऋणीले सिटिजन्स अधिविकर्ष कर्जा शिर्षक अन्तर्गत लिएको ऋणकर्जा तथा बैंकिङ्ग सुविधाहरुको बैंकलाई समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, ब्याज समेत चुक्ता भुक्तान गर्न पटक पटक लिखित एवम् मौखिक रुपमा सूचना गरी रताकेता गर्दा समेत ऋणकर्जा चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेकोले ऋणकर्जा चुक्ता भुक्तान गर्ने बारेमा तपाई ऋणीलाई मिति २०६१ / ०५ / ११ को नया पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा ३५ (पैंतीस) दिने सार्वजनिक सूचना र प्रकाशित गरी ऋणी तथा व्यक्तिगत जमानीकर्ता समेतलाई सूचित गर्दा समेत कर्जाको साँवा, ब्याज समेत चुक्ता भुक्तानी गर्ने तर्फ कुनै चासो नदेखाएकाले सुरक्षण बापत बैंकको नाममा धितोबन्धक लेखिदिएको तपसिलमा उल्लेखित चल / अचल सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गरिने भएकोले सर्वसाधरणको जानकारीको लागि यो १५ (पन्ध्र) दिने लिलाम बिक्री सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरी गोप्य शिलबन्दी बोलपत्र (टेण्डर) को आव्हान गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले १६ (सोह) औं दिनमा सिटिजन्स बैंक इन्टरनेसनल | लिमिटेडको शाखा कार्यालय, रंगेली, मोरङमा दिउँसो ४:०० बजे गोप्य शिलबन्दी बोलपत्र (टेण्डर) खोलिनेछ । सो अवधिमा इच्छुक महानुभावहरुले गोप्य शिलबन्दी बोलपत्रद्वारा आफूले बोलकबोल गर्ने रकम सहित तपसिलमा उल्लेखित शर्त बमोजिम बोलपत्र फारम बुझाउन समेत अनुरोध गरिन्छ । सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्री गर्दा पनि बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंकिङ्ग कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०६४, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ र सो को नियमावली, २०५९ अनुसार ऋणी तथा व्यक्तिगत जमानीकर्ताको अन्य चल अचल सम्पत्तिबाट धितोले नखामेको बक्यौता कर्जा रकम असुल उपरका लागि ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरिने व्यहोरा ऋणी, व्यक्तिगत जमानीकर्ता तथा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ । साथै यस सूचना बमोजिम लिलाम बिक्री हुन नसकेको धितो सम्पत्तिहरु बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम बैंकले आफै सकार गरी लिन सक्ने व्यहोरा समेत जानकारी गराईएको छ ।