तपसिल बमोजिम फिल्डबुक कायम भएको जग्गा सर्भे नापीको समयमा मेरा बाजे टिकावहादुर श्रेष्ठको नामको साबिक मौजा बूढानीलकण्ठ हा. नं. ९९ को लगतबाट भिडी बाबु टिकानारायण श्रेष्ठका नाममा नापनक्सा भई दर्ता बाँकी रहेकोमा सो जग्गा आफ्नो नाममा दर्ता हुनु अगावै 'बाबु टिकानारायण | श्रेष्ठको मिति २०३० सालमा आफ्नो कालगतिबाट परलोक भई हक खाने हकदारमा पत्नी असलमाया श्रेष्ठ र छोरा तिर्थ श्रेष्ठ समेत जना - २ मात्र | भएको हुँदा हाम्रा नाममा दर्ता नामसारी गरिपाऊँ भनी माग गर्नुभएको हुँदा हकदाबी सम्बन्धी यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । अतः | उल्लिखित कित्ता जग्गा निजहरूको माग बमोजिम निजहरूको नाममा दर्ता नामसारी हुनुनपर्ने भए वा मृतकका निवेदक बाहेक अन्य कोही हकदार भए | वा उल्लिखित कित्ता जग्गामा सरकारी, सार्वजनिक, पर्ती, ऐलानी, गुठी तथा अन्य व्यक्ति विशेषको जग्गा घुसी मिसिई नापनक्सा भएको छ भने आफू पनि | हकदार भएको प्रमाण सहित वा निवेदकका नाममा दर्ता नामसारी हुनुनपर्ने कारण सहित आफूसँग भएका सबुद प्रमाण लिई सूचनाको म्यादभित्र हकदाबी गर्न आउनुहोला । अन्यथा नियमानुसार कारबाही भइजाने व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।