यस बैंकको गैह्र बैंकिङ्ग सम्पत्तिको रुपमा रहेको तपशिलमा उल्लेखित घर/जग्गाहरु बढाबढ मूल्यमा बिक्री गरिने भएको हुनाले उक्त घर जग्गाहरु खरिद गर्न इच्छुक व्यक्ति फर्म/कम्पनी/ संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनमा कार्यालय समयभित्र यस बैंकको गैह्र बैंकिङ्ग सम्पत्ति विभाग, दरवारमार्ग, काठमाण्डौ स्थित कार्यालय वा नजिकको शाखा कार्यालयमा आईपुग्ने गरी के कति दररेटमा उक्त घर जग्गाहरु लिन कबुल गरेको हो सो खुलाई शर्त बन्देजहरुको अधिनमा रही सो सम्बन्धी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन इच्छुक सबैलाई आह्वान गरिन्छ । उक्त अवधिभित्र पर्न आएका बोलपत्रहरु स्थानीय निकायका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि बोलपत्रदाता वा बोलपत्रदाताको आधिकारिक प्रतिनिधिहरुको रोहवरमा तल उल्लेखित मिति, समय र स्थानमा खोलिने छ ।